दार्चुला – दार्चुलाको प्रदेश सभा क्षेत्र नम्बर-२ मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार मानबहादुर धामी विजयी हुनुभएको छ ।
नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीलाई १ हजार ३१५ मतान्तरले पराजित गर्दै धामी विजयी हुनुभएको हो । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री समेत रहनुभएका माओवादी नेता धामीले कूल २६ हजार २७२ मत मध्ये १३ हजार १७१ मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका जोशीले ११ हजार ८५६ मत प्राप्त गर्नुभयो । धामी २०७४ सालमा पनि यसै क्षेत्रबाट प्रदेश ...