सुदूरपश्चिम प्रदेश सरकारमा ८ नयाँ मन्त्री नियुक्त

सुदूरपश्चिम प्रदेश सरकारमा ८ नयाँ मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् पुनर्गठन गर्दै ८ नयाँ मन्त्री थपेका छन् । यसअघि नै मन्त्री रहेका प्रकाशबहादुर शाहको मन्त्रालय हेरफेर गरिएको छ । मन्त्रीहरूले शुक्रवारै शपथ लिएका छन् । नवनियुक्त मन्त्रीमा पूर्णा जोशी, लालबहादुर खड्का, दीर्घ सोडारी र मानबहादुर धामी रहेका छन् । राज्यमन्त्रीहरू अर्चना गहतराज, मनाकुमारी साउँद, चुनकुमारी चौधरी र मानबहादुर सुनार समेत नियुक्त भएका छन् । नयाँ मन्त्री नियुक्तसँगै प्रदेश सरकार ११ सदस्यीय बनेको छ । प्रदेश सरकारमा ...

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन, तीन मन्त्री थपिए

सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन गरिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा, १६८ को उपधारा ९ बमोजिम मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । मुख्यमन्त्री शाहले हाल सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय आफू मातहत राख्नुभएको छ भने प्रकाशबहादुर देउवाले भौतिक पूर्वाधार विकास मन्त्रालयको …

सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि ७ दिनभित्र दाबी पेश गर्न आह्वान

काठमाडौं, २० पौष । सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि दाबी पेश गर्नआह्वान गरिएको छ । प्रदेश प्रमुख देवराज जोशीले आज एक विज्ञप्ति जारी गर्दै अगामी ७ दिनभित्र दाबी पेश गर्न आह्वान गरेका हुन्। ‘संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश सभामा कुनैपनि दलले स्पस्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा १६८ को उपधार […]

कोभिड नियन्त्रणमा जुट्दै सुदूरपश्चिम प्रदेश सरकार

धनगढी– कोरोना संक्रमण बढ्न थालेपछि सुदूरपश्चिम प्रदेश सरकार रोकथाम तथा संक्रमण न्यूनीकरणमा जुटेको छ । कोरोना रोकथामको तयारी स्वरूप प्रदेश सरकारले सीमा नाकामा कडाइका साथ चेकजाँच गर्ने, अस्पतालमा रहेका आइसियु तथा भेण्टिलेटरलाई तयारी अवस्थामा राख्ने, जनशक्तिको व्यवस्थापन गर्ने काम गरिरहेको जनाइएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख दयाकृष्ण पन्तका […]

१० महिना बराबरको खर्च असारमा गर्दै सुदूरपश्चिम प्रदेश सरकार

धनगढी– असारे विकासको परम्परामा ब्रेक लगाउँदै यस वर्ष समयमै बजेट कार्यान्वयन गर्ने घोषणा गरेको सुदूरपश्चिम प्रदेश सरकार सो प्रतिबद्धता कार्यान्वयन गर्न यस वर्ष पनि चुकेको छ । प्रदेश सरकारले असारे विकास पद्धतिलाई निरन्तरता दिने गरी १० महिना बराबरको पुँजीगत बजेट खर्च असारमै गर्ने तयारी गरेको छ । जेठसम्म आइपुग्दा ३० प्रतिशत मात्रै पुँजीगत खर्च गरेको […]

आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो सुदूरपश्चिम प्रदेश सरकार

सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारीमा जुटेको छ । चालु आर्थिक वर्षमा लक्ष्यको आधा बजेट पनि खर्च हुने सम्भावना नरहेपछि प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटको खर्च हुन बाँकी रकम आगामी वर्षको बजेटमा समावेश गर्नेगरी बजेट निर्माण गर्ने जनाएको छ ।प्रदेशको आर्थिक मामिला मन्त्रालयले प्रदेशका मन्त्रालय तथा मातहतका कार्यालयहरुलाई बजेटको सिलिङ पठाइसकेको जनाएको छ । मन्त्रालयले आवश्यक कार्यक्रम तथा योजनाका लागि सरोकारवालाहरुसँग रायसुझाव लिन सुरु गरेको छ ।शुक्रबार मन्त्रालयले आग

‘सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा’

एमालेका प्रदेशसभा सदस्य पठानसिंह बोहराले सुदूरपश्चिम सरकार अल्पमतमा परेको बताएका छन्। सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशनको दोस्रो बैठकमा बोल्दै उनले एमालले प्रदेश सरकारबाट समर्थन फिर्ता लिइसकेको हुनाले सुदूरपश्चिम सरकार अल्पमतमा परेको बताएका हुन्।...

सुदूरपश्चिम प्रदेश सरकार हेरफेर, एमालेबाट ६ जना

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नेकपा एमालेको स्थायी कमिटीले प्रदेश सरकारलाई समर्थन फिर्ता लिन निर्देशन दिए पनि प्रदेश संसदीय दलले समर्थन कायमै राख्ने निर्णय गरेबमोजिम मन्त्रीमा एमालेका ६ जना नियुक्त भएका छन् । मुख्यमन्त्री भट्टले नेकपा (एमाले) बाट निष्कासित नेता माधवकुमार नेपाल पक्षका प्रकाशबहादुर शाहलाई आर्थिक […] The post सुदूरपश्चिम प्रदेश सरकार हेरफेर, एमालेबाट ६ जना appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.