बाढीपहिरो पीडितका लागि राहत बोकेर ३ मन्त्री दार्चुलातिर उडे

धनगढी : नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू, सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावल र वनमन्त्री मानबहादुर धामी दार्चुलातर्फ उडेका छन्।मन्त्रीत्रय बडू, रावल र धामी राहत सामग्री लिएर दार्चुलातर्फ लागेका हुन्।बाढीपहिरो पीडितका लागि तत्काल आवश्यक पर्ने त्रिपाल, खाद्यान्न र कम्बललगायतका राहत सामग्रीसहित मन्त्रीत्रयको टोली त्यहाँतर्फ उडेको बताइएको छ। दार्चुलामा गएराति परेको अविरल वर्षापछिको बाढी र पहिरोमा परेर ५ जनाले ज्यानै गुमाएका छन्।यस्

सम्बन्धित सामग्री

राहत सामग्री लिएर दार्चुला जाँदै मन्त्रीसहितको टोली

धनगढी । बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण गर्न मन्त्रीसहितको टोली अहिले दार्जुला जाँदै छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडू, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावल, सुदूरपश्चिमका वनमन्त्री मानबहादुर धामीसहितको टोली त्यसतर्फ जान लागेको हो । दार्चुला जान मन्त्री बडू धनगढी आइपुगेका छन् । यहाँबाट राहत सामग्री...

मन्त्रिपरिषद् बैठक : धानबाली क्षति भएका किसानलाई ६५ प्रतिशतसम्म राहत

काठमाडौं । सरकारले बाढीपहिरो र डुबानका कारण धानबालीमा क्षति बेहोरेका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने भएको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले १० कट्ठाभन्दा कम जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले जानकारी दिए । त्यस्तै १० कट्ठादेखि ३ बिगाहासम्म जग्गा भएका किसानलाई क्षतिको ३० प्रतिशतसम्म र ३ बिगाहादेखि बढी जग्गा भएका किसानलाई क्षतिको २० प्रतिशत राहत दिने निर्णय भएको उनले बताए । कात्तिक १ देखिको वर्षा, बाढी र डुबानका कारण देशका धेरै ठाउँमा पाकेको धानबाली डुबानमा परेको थियो । धानबालीमा भएको क्षतिबारे अध्ययन गर्न सरकारले गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा समिति गठन गरेको थियो । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार धानको न्यूनतम समर्थन मूल्य कायम गर्दा निर्धारण भएको उत्पादन लागतका आधारमा किसानले राहत पाउनेछन् । किसानलाई राहत वितरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल बनाउने र उक्त कार्यदलले ५ दिनभित्र कार्यविधि बनाई पेश गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । यस्तै, सरकारले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिश गरेको छ । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यलाई राजदूतमा सिफारिश गरेको हो । सरकारले हालै यी देशबाट राजदूत फिर्ता बोलाएको थियो । यसअघि अमेरिकामा डा. युवराज खतिवडा, भारतमा नीलाम्बर आचार्य र बेलायतमा लोकदर्शन रेग्मी राजदूत थिए । यस्तै, सरकारले संसद् अधिवेशन अन्त्य गर्न सिफारिश गरेको छ । शुक्रवार मध्यरातदेखि अधिवेशन अन्त्यका लागि सिफारिश गरेको हो । २३ भदौमा शुरू भएको अधिवेशनमा प्रमुख विपक्षी नेकपा एमालेले लगातार नाराबाजी गर्दै आएको छ । एमालेको अवरोधका बीच सरकारले नयाँ बजेट ल्याए पनि अरू विधेयक अघि बढेको छैन ।

बाढीपहिरो पीडितलाई विशेष राहत प्याकेज ल्याउछौं– कानुनमन्त्री बडू

मन्त्री बडुले बाढीग्रस्त पहाडी जिल्लाको अवस्था झन् पीडादायी भएको भन्दै बस्ती स्थानान्तरणको चुनौती थपिएको बताउनुभयो ।

सुदूरपश्चिम सरकारले बाढीपहिरो प्रभावितलाई राहत बाँड्ने

धनगढी : सुदूरपश्चिम सरकारले भोलि (शनिबार) देखि बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बाँड्ने भएको छ।हेलिकोप्टरले शनिबार प्रदेशका ७ जिल्लामा सरकारको राहत सामग्री लिएर जाने सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले जानकारी दिइन्। क्षतिको विवरण संकलन गरिसकेको बताउँदै उनले शनिबार बिहान राहत लिएर जाने बताइन्। एकद्वार प्रणालीबाट राहत वितरणका लागि मन्त्री जोशीले प्रदेशमा कार्यरत गैरसरकारी संस्थाका प्रतिनिधिसँग छलफल गरेकी छन्।‘अब सरकारसँग सहकार्य गरेर मात्र राहत उपलब

कर्णाली प्रदेश सरकारले बाढीपहिरो प्रभावित प्रतिपरिवारलाई ५० हजार रुपैयाँ दिने

कर्णाली प्रदेश सरकारले बाढीपहिरोबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने भएको छ ।प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले प्रभावित प्रतिपरिवारलाई ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सीता कुमारी नेपालीले जानकारी दिइन् ।त्यसका लागि सबैभन्दा पहिला बाढीपहिरोबाट प्रभावित घरपरिवारको विवरण  सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरु मार्फत संकलन गरिने उनले बताइन् ।यसरी संकलन गरिएको विवरण आन्तरिक मामिला तथा कानुन मन्त्रालय

हेलम्बुमा हेलिकप्टरबाट राहत सामग्री लगिँदै

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यमन्त्री शेरबहादुर तामाङको पहलमा आज बाढीपहिरो पीडित हेलम्बुमा राहत सामग्री लिएर सेनाको हेलिकप्टर पठाउने तयारी रहेको छ। सडक भत्किएकाले हेलिकप्टरबाट राहत सामग्री लैजान लागेको बताइएको छ। पीडितलाई अत्यावश्यक त्रिपाल, खाद्यान्न र स्वास्थ्य सामग्री पुर्‍याउन लागेको मन्त्री तामाङको सचिवालयले जानकारी दिएको छ। सबैभन्दा धेरै प्रभावित मेलम्ची क्षेत्रमा राहत सामग्री वितरण र उद्दार कार्य जारी रहेको छ।

मेलम्चीका बाढीपहिरो पीडितलाई राहत र उद्दार कार्यमा कुनै कमी हुँदैन–मन्त्री तामाङ

काठमाडौं। मेलम्चीमा आएको बाढीपहिरो स्थलमा पुगेका स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले राहत र उद्दार कार्यमा कुनै कमी नहुने बताएका छन्। स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन र बाढीपहिरो पीडितसँग छलफल गर्दै तत्काल राहत सामग्री मेलम्ची आइसकेको र वितरण सुरुवात गर्ने उनले बताए। काठमाडौंबाट त्रिपाल, खाद्यान्न, उद्दार सामग्री र स्वास्थ्य सामग्री मेलम्ची पुगेको स्थानीयबासी दीपक अर्यालले जानकारी दिए।

मेलम्चीका बाढीपहिरो पीडितलाई राहत र उद्दार कार्यमा कुनै कमी हुँदैन–मन्त्री तामाङ

काठमाडौं। मेलम्चीमा आएको बाढीपहिरो स्थलमा पुगेका स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले राहत र उद्दार कार्यमा कुनै कमी नहुने बताएका छन्। स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन र बाढीपहिरो पीडितसँग छलफल गर्दै तत्काल राहत सामग्री मेलम्ची आइसकेको र वितरण सुरुवात गर्ने उनले बताए। काठमाडौंबाट त्रिपाल, खाद्यान्न, उद्दार सामग्री र स्वास्थ्य सामग्री मेलम्ची पुगेको स्थानीयबासी दीपक अर्यालले जानकारी दिए।

हालसम्म बाढीपहिरो र डुबानबाट १ सय ११ को मृत्यु, ३५ जना बेपत्ता

मङ्गलबार बसेको व्यवस्थापिका संसदको बैठकमा  गृहमन्त्री  जर्नादन शर्माले हालसम्म  बाढीपहिरो र डुबानबाट १ सय ११ को मृत्यु भएको, ३५ जना बेपत्ता भएका,  हजारौँ घर परिवार बिस्थापित भएका र दशौँ हजार घर डुबानमा परेको बताएका छन् । मन्त्री शर्माले बाढीपहिरो र डुबानमा परेकाहरुको राहत उद्धार कार्य जारी रहेको बताएका छन् । उद्धार कार्यमा स्थानीय जनप्रतिनिधि, युवाहरु तथा नेपाली…