काठमाडौं : सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकार्य तत्कालका लागि रोक्न आदेश दिएको छ।
आज बृहत इजलासले पुरानो वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) का आधारमा भएका सबै प्रक्रिया रोक्न फैसला सुनाएको हो। यस्तै, विमानस्थल निर्माण गर्नैपर्ने भए नयाँ वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारेर अगाडि आढ्न आदेश दिइएको छ। सर्वोच्चले विमानस्थलको…