दाङमा बढे आर्थिक अनियमितताका उजुरी

देउखुरी : दाङमा आर्थिक अनियमिततासम्बन्धी उजुरी बढेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार जिल्लामा गत आर्थिक वर्षमा ९४ उजुरी परेकामा चालु आवमा १२२ उजुरी परेका छन्। आर्थिक अनियमिततासम्बन्धी उजुरी बढ्दो क्रममा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख विजयराज पौडेलले जानकारी दिए। गत वर्ष…

सम्बन्धित सामग्री

कीर्ते हस्ताक्षर गरी नागरिकता बनाएकाे आराेपमा आठ जना पक्राउ

दाङ - कीर्ते हस्ताक्षर गरी नागरिकता बनाएकाे आरोपमा दाङमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा राजपुर गाउँपालिका-५ सिमल खुटीका ज्ञानबहादुर विक, जोगिनी विक, नागरिकता लिने नाति विवेक विक, नागरिकता बनाउनका लागि साक्षी बस्नेहरु सावित्रा कुमारी विक, गौसरी बोहरा, दुधिमाया घर्ती, रमेश घर्ती र मनकुमारी घर्ती रहेका छन् । ज्ञान बहादुरले आफ्नो छोरीको छोरा विवेकलाई आफ्नै छोरा भनी कीर्ते हस्ताक्षर गरेर नागरिकता बनाइदिएको उजुरी जिल्ला प्रशासन कार्यालय दाङमा परेपछि प्रहरीले उनीहरुलाई प...

दाङमा मिटरब्याजीविरुद्ध ३ सय ६२ वटा उजुरी

दाङ – दाङमा मिटरब्याजीविरुद्ध तीन सय ६२ वटा उजुरी परेको छ । सरकारले गएकाे वैशाख १७ गतेदेखि जेठकाे तेस्रो हप्तासम्म दिएको समयसीमाभित्र दाङमा मिटरब्याजीविरुद्ध तीन सय ६२ वटा उजुरी दर्ता भएकाे हाे । मिटरब्याज अर्थात् अनुचित लेनदेनसम्बन्धी समस्या समाधान गर्न गएको चैत २० गते सरकारले तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेपछि दाङसहितका जिल्लामा मिटरब्याजीविरुद्ध अनलाइन आवेदन माग गरिएको थियाे । त्यही आधारमा आयोगले मिटरब्याज पीडितले आफूसँग उपलब्ध रहेका प्रमाणसहित अनलाइनबाट सिधै आयोगमा वा जिल्ला प्रशासन क...

दाङमा ११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार

२५ असोज, दाङ । दाङमा घरमा काम गर्न राखेको बालिकामाथि यौन दुर्व्यवहार गरेको प्रहरीमा उजुरी परेको छ  । ११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको भन्दै घोराही–१३ का ऋषि पोखरेलविरुद्ध उजुरी परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख विरबहादुर वलीले बताए । ‘अहिलेसम्म यौन दुर्व्यवहार भएको उजुरी परेको छ’ प्रहरी प्रमुख वलीले भने, ‘यौन दुर्व्यवहार हो […]

दाङमा बच्चा जन्मेपछि बलात्कार मुद्दामा एक पुरुष पक्राउ

दाङ : दाङमा बच्चा जन्मेपछि बलात्कार मुद्दामा एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १२ वनकट्टी निवासी ५० बर्षका नन्दलाल कुँवर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए।बच्चा जन्मेको ९ दिनपछि सोमबार प्रहरीमा उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। कुँवरले २०७८ माघ २७ गते राति आफ्नै नाता पर्ने १६ बर्षकी किशोरीलाई घरमा बलात्कार गरेको उजुरीमा उल्लेख छ।बलात्कारपछि किशोरीले गएको भदौ २५ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ब

दाङमा आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

दाङ । दाङमा आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–५ का २९ वर्षका चमन बिक रहेको ईलाका प्रहरी कर्यालय तुलसीपुरले जनाएको छ । प्रहरीले पीडितको जाहेरीका आधारमा बिकलाई पक्राउ गरेको हो । घरमा कोहि नभएको मौका पारेर उनले बालिकलाई मंगलबार मकैबारीमा लगेर बलात्कार गरेको उजुरी आएको प्रहरीले […]

वृद्धामाथि कुटपिट गरेको आरोपमा जनप्रतिनिधिविरुद्ध उजुरी

दाङमा एक जनप्रतिनिधिले ७५ वर्षीय वृद्धामाथि  कुटपिट गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ । घोराही उपमहानगरपालिका–१८ की वडा सदस्य दीपा नेपालीले स्थानीय ७५ वर्षीय वृद्धा रुकुमादेवी नेपालीलाई कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी परेको हो ।कुटपिटबाट रुकुमादेवीको बायाँ हात नचल्ने अवस्थामा रहेको र लगाएको कपडा पनि च्यातिएको जनाइएको छ । एमालेबाट दलित महिला सदस्यमा निर्वाचित दीपाले आफूलाई मत नदिएको भन्दै रुकुमादेवीमाथि कुटपिट गरेको आरोप पीडित पक्षको छ ।

डेढ करोड ठगी गरेको आरोपमा ‘फोरलेन’ सडकका ठेकेदार पक्राउ

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शनिबार बिहान काठमाडौँबाट नियन्त्रणमा लिएको हो। पाण्डेविरुद्ध सडक विस्तारका क्रममा डेढ करोड ठगी गरेको भन्दै व्यवसायी गेहेन्द्र बस्नेतले जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी हालेका थिए।...

अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा ३ जना पक्राउ

१८ माघ, दाङ । दाङमा पैसा डबल हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा प्रहरीले तीन जनलाई प्रक्राउ गरेको छ । अनलाइन नेटवर्किङबाट १७ हजार ठगी गरेको भन्दै एकजना पीडितले प्रहरीमा उजुरी दिएको आधारमा तीन जानलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख सुरेश काफ्लले बताए । पक्राउ पर्ने सबै रोल्पा घर भई घोराही बस्नेहरु रहेका छन् […]

मेयरका छोराविरुद्ध डेढ करोड ठगी गरेको उजुरी

१६ माघ, दाङ । दाङमा डेढ करोड ठगी गरेको आरोपमा एक निर्माण व्यवसायीविरुद्ध प्रहरीमा उजुरी परेको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी अनुप पाण्डेले आफूसँग डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका हुन् । निर्माण व्यवसायी पाण्डे तुलसीपुर मेयर घनश्याम पाण्डेका छोरा हुन् । व्यवसायी बस्नेतले घोराही–तुलसीपुर सडक निर्माणको […]

बलात्कारकाे उजुरी दिने भन्दै ५० लाख 'बार्गेनिङ', तीन महिला पक्राउ !

दाङ – दाङमा प्रहरीले आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुरमा तीन महिलालाई पक्राउ गरेको छ ।रक्सी (बियर) र चिया खाएकै भरमा बलात्कारकाे उजुरी दिन्छु भनेर धम्की दिइ एक पुरुषसँग ५० लाखबाट बार्गेनिङ सुरु गरेर १८ लाख रुपैयाँमा टुङ्ग्याइ पैसा असुल्ने तीन महिलालाई पक्राउ गरी आज आइतवार सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।पक्राउ पर्नेमा घोराही उपमहानगरपालीका १५ की २२ वर्षीया सीतादेवी थापा, त्यही ठाउँकी ३५ वर्षीया खुमा वली र घोराही ५ की ३२ वर्षीया सुस्मा प...