दाङमा मिटरब्याजीविरुद्ध ३ सय ६२ वटा उजुरी

दाङ – दाङमा मिटरब्याजीविरुद्ध तीन सय ६२ वटा उजुरी परेको छ । सरकारले गएकाे वैशाख १७ गतेदेखि जेठकाे तेस्रो हप्तासम्म दिएको समयसीमाभित्र दाङमा मिटरब्याजीविरुद्ध तीन सय ६२ वटा उजुरी दर्ता भएकाे हाे । मिटरब्याज अर्थात् अनुचित लेनदेनसम्बन्धी समस्या समाधान गर्न गएको चैत २० गते सरकारले तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेपछि दाङसहितका जिल्लामा मिटरब्याजीविरुद्ध अनलाइन आवेदन माग गरिएको थियाे । त्यही आधारमा आयोगले मिटरब्याज पीडितले आफूसँग उपलब्ध रहेका प्रमाणसहित अनलाइनबाट सिधै आयोगमा वा जिल्ला प्रशासन क...