कञ्चनपुरमा पनि डेंगु र मलेरियाका बिरामी देखिन थालेका छन् । केही दिनयता स्वास्थ्य संस्थाहरूमा भाइरल ज्वरोको प्रकोपसंँगै डेंगु र मलेरियाका बिरामी देखिन थालेका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गतसाता गरिएको परीक्षणमा ४ जनामा डेंगु देखिएको छ । दोधारा चाँदनी नगरपालिकामा २० जनाको परीक्षण गर्दा डेंगु देखिएको हो ।