मच्छड मतिका मान्छेहरुले पनि यही मच्छडलाई गुरु थापेर देशको शरीरबाट रगत झिक्ने कला जानेका छन्। उनीहरुले पनि बाहिर सदाचारको गुनगुन धुनमा तान पूरा बजाउँदै भित्रभित्र मुलुकको रक्त धमनीबाट अरुले थाहै नपाउने गरी घुटघुट रगत चुसिरहेछन्। देशलाई मलेरिया र डेंगु रोगबाट संक्रमित गरिरहेछन्।