काभ्रे : जिल्लामा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको सङ्क्रमण बढ्दै गएको पाइएको छ। करिब महिनाअघि पाँचखालमा देखिएको डेंगुको संक्रमण हाल तीन स्थानीय तहको नौ जनामा पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। काभ्रेपलाञ्चोकमा तीन वर्षपछि गत असार दोस्रो साता पाँचखालमा भेटिएका डेंगु संक्रमित जिल्ला बाहिरका हुन्। ती व्यक्तिमा स्थानीय स्वास्थ्य संस्थामा मलेरिया परीक्षण गर्न जाँदा डेंगु रोगको संक्रमण भेटिएको थियो। पाँचखालमा भेटिएका संक्रमितको भने काठमाडौंस्थित एक अस्पतालमा उपचार भ