लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को बबरमहलस्थित केन्द्रीय कार्यालयमा धर्ना बसेका पार्टीका असन्तुष्ट पक्षसँग मंगलबार पनि वार्ता हुन सकेन । लोसपाका अध्यक्ष महन्थ ठाकुरले विभिन्न जिल्लामा आफू खुशी मनोनयन गरेकाले निर्णय सच्याउनु पर्ने माग गर्दै विभिन्न जिल्लाबाट कायकर्ताहरु आइतवारदेखि धर्नामा बसेका छन् । अध्यक्ष ठाकुरले वार्ताका लागि असन्तुष्ट पक्षमध्ये ५ जनालाई आफ्नै निवासमा बोलाएका थिए । तर, उनीहरु निवासमा जान नमानेर आज पनि धर्नालाई निरन्तरता दिएका छन् । लोसपाका असन्टुष्ट नेता संजय