एनआरएनए चुनावमा धाँधलीको आरोप : 'सिस्टम ह्याक गरेर केसीले जिते'

काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा. बद्री केसी विजयी भएको घोषणासँगै तनाव भएको छ । केसीसँग प्रतिस्पर्धा गरेका आरके शर्मा र महेश श्रेष्ठले अनलाइन भोटिङ प्रणाली कब्जामा लिएर चुनावमा धाँधली गरिएको आरोप लगाएका छन् । महासचिवका उम्मेदवार डा. केशव पौडेललाई काठमाडौँबाट झरेको मत शून्य देखाएपछि उनीहरूले...

सम्बन्धित सामग्री

के आफ्ना आलोचकको मोबाइल फोनहरू ह्याक गर्दैछ मोदी सरकार ?

भारतका विपक्षी दलका नेताहरूले पछिल्लो केही समययता वर्तमान सरकार अधिनायकवादी बनिरहेको आरोप लगाउन थालेका छन् ।

एनआरएनमा भाँडभैलो, सिस्टम ह्याक गरेर बद्रीलाई जिताइएको प्रतिस्पर्धीको आरोप

३ कात्तिक, काठमाडौं । गैरआवासीय नेपाली संघको ११औं महाधिवेशनबाट बद्री केसी निर्वाचित भएको घोषणा भएपछि भाँडभैलो भएको छ । केसीसँग प्रतिस्पर्धा गरेका अन्य दुई उम्मेदवारले अनलाइन भोटिङ प्रणाली कब्जामा लिएर चुनावमा धाँधली गरिएको आरोप लगाएका छन् । एक उम्मेदवार डा. केशव पौडेलको काठमाडौंबाट झरेको मत शून्य देखिएपछि उम्मेदवारहरुले मत परिणाममाथि शंका गरेका हुन् । काठमाडौंबाट […]

इजरायलको प्रहरीले फोन ह्याक गर्न स्पाइवेयर प्रयोग गरेको आरोप

जेरुसेल । इजरायली सरकारले विना अधिकार प्रहरीले इजरायलका सार्वजनिक व्यक्तित्वहरूको फोन ह्याक गर्न स्पाइवेयर प्रयोग गरेको भन्ने आरोप माथि छानबिन गर्न एउटा अनुसन्धान आयोग गठन गरेको छ ।  इजरायली अखबार क्याल्कलिस्टले अदालतको आदेशविना नै प्रहरीले सरकारी अधिकारी, प्रदर्शनकारी र पत्रकारहरू तथा पूर्व प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका छोराको फोन ह्याक गरेको बताएको छ ।...

फ्रान्सले पेगासस सफ्टवेयरमार्फत भएको ‘जासूसी’ बारे छानबिन गर्ने

एजेन्सी। फ्रान्सले पेगासस सफ्टवेयरमार्फत भएको ‘जासूस’बारे छानबिन गर्ने भएको छ। इजरायली कम्पनी एनएसओले विकास गरी बिक्री गरेको यो सफ्टवेयरमार्फत धेरै देशका सरकारले जासूसी गरेको आरोप लागेको छ। भारतले पेगासस सफ्टवेयरमार्फत नयाँदिल्लीस्थित नेपाली राजदूतलगायत अन्य देशका कूटनीतिज्ञ,पत्रकार,वकिल, नेता लगायतको फोन ह्याक गरी सूचना चोरी गरेको आशंका गरिएको छ। सोमबार विश्वका चर्चित१६ मिडियाले एकसाथ पेगासस सफ्टवेयरमार्फत भएको जासूसीबारे समाचार प्रकाशन गरेका थिए।

पेगासस प्रकरण : नेपालका राजदूतको फोन ह्याक गरी भारतले जासुसी गरेको आरोप

भारतले पेगासस नाम गरेको ‘स्पाइवेयर’ को प्रयोग गरेर भारतको नयाँ दिल्लीमा रहेका नेपाली राजदूतको फोनमाथि पनि जासुसी गरेको खुलासा भएको छ । उक्त स्पाइवेयर प्रयोग गरेर भारतका थुप्रै राजनीतिज्ञ तथा पत्रकारहरूमाथि जासुसी गरेको सोमबार समाचारहरू प्रकाशित भएका थिए । फ्रेन्च पत्रिका ‘ले मोन्डे’ले भने सन् २०१७ देखि २०२१ सम्म गरिएको फोन ह्याकिङको सम्भावित सूचीमा नयाँ दिल्लीमा रहेका कूटनीतिज्ञ र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग सम्बन्धित एक फोन पनि रहेको दाबी गरेको छ ।नयाँ दिल्लीक

अमेरिका र बेलायतद्वारा चीनमाथि साइबर आक्रमणको आरोप : तनाव बढ्न सक्ने सङ्केत

काठमाण्डाै - अमेरिका, बेलायत र युरोपियन युनियनले चीनमाथि साइबर आक्रमणको आरोप लगाएका छन् । उनीहरुले चिनियाँ ह्याकरले माइक्रोसफ्टको सर्भर ह्याक गरेको दाबी गरेका छन् । साइबर आक्रमण माइक्रोसफ्ट एक्सचेन्ज सर्भरमा गरिएको र आक्रमणपछि कम्तीमा ३० हजार सर्भरहरु प्रभावित भएका अमेरिका र बेलायतको भनाइ छ ।  बेलायती विदेशमन्त्री डोमिनक राबले चीनले यसअघि पनि यस्ता कामहरु गर्दै आएको र अहिले गम्भीर साइबर आक्रमण गराएको बताउनुभएको छ ।  बेलायती विदेश मन्त्रालय तथा युरोपियन युनियनले पनि साइबर आक्रमण चिनियाँ क्षेत्रबाटै ...

भारत सरकारले गर्‍यो ३ सय पत्रकार, वकिल, विपक्षी नेताको मोबाइल ह्याक गरी जासुसी

एजेन्सी।भारत सरकारमाथि पेगासस स्पायवेयरमार्फत ३ सय भारतीय पत्रकार, वकिल, सामाजिक कार्यकर्ता, विपक्षी नेता र व्यापारीको जासुसी गरेको आरोप लागेको छ।भारतीय न्यूज पोर्टल ‘द वायर’ ले सन् २०१७ देखि २०१९ को बीचमा भारत सरकारले पेगासस स्पायवेयर मार्फत उनीहरुको मोबाइल ह्याक गरी जासुसी गरेको दाबी गरेको छ।भारत सरकारले भने उक्त दाबीलाई गलत भनेको छ। पेगासस स्पायवेयर यसअघि पनि विवादमा आएको थियो।

इजरायली समूहले विन्डोज ह्याक गर्ने प्रविधि विक्री गर्यो: माइक्रोसफ्ट

एजेन्सी। एक इजरायली समूहले माइक्रोसफ्ट विन्डोज ह्याक गर्ने प्रविधि विक्री गरेको माइक्रोसफ्ट तथा मानव अधिकारवादी समूह सिटीजन्स ल्याबले बताएका छन्। क्यान्डिरु नामको समूहले भेन्दुर नामको ह्याकिङ प्रविधि बनाएर बेचेको आरोप माइक्रोसफ्ट र सिटीजन्सले लगाएको छ। कम्पनीले क्यान्डिरुसँग सम्पर्क गर्ने प्रयास गर्दा असफल भएको बताएको छ। मंगलबार मात्रै माइक्रोसफ्टले विन्डोज ह्याक हुने खतरा बढेकाले नयाँ अपडेट गर्न आग्रह गरेको छ।