-धिरज बराल कलमको पनि उमेर हुँदो रहेछ–बाल्यकाल टेक्दाकतै भित्तामा, शरीरमा, जहाँपायो त्यहीँ निर्धक्क कोर्दो रहेछ बेढङ्गको धर्का–धर्की, वृत्त याकुनै भद्दा आकार, विद्यालय जान थालेपछिबडो अनुशासित भईलेख्दो रहेछ कलम – क, ख, ग, घ....ए, बी, सी, डी...१, २, ३, ४....,शब्द अनि वाक्य,विविध ज्ञान–विज्ञान लेख्दा लेख्दै किशोर जोशमा कलम यौवन लेख्दो रहेछ,लेख्दो रहेछ– माया प्रेम,मिलन, बिछोड,लेख्दा लेख्दै रचनात्मक भविष्य लक्का जवान कलम