काठमाडौं- चीनसँगको सीमा विवाद अध्ययन समितिका संयोजक जयनारायण आचार्यलाई कास्की जिल्ला प्रशासन प्रमुख-सीडीओको जिम्मेवारी दिइएको छ। गृह मन्त्रालयले शनिबार सहसचिव र उपसचिवको सरुवा निकाल्दै आचार्यलाई कास्कीमा पठाएको हो। सहसचिव आचार्य संयोजकको समितिको प्रतिवेदन गृह मन्त्रालयलाई बुझाइए पनि सीमासम्बन्धी विवाद के के छन् भन्नेबारे केही खुलाइएको छैन। थानेश्वर गौतमले कास्कीको सीडीओ सम्हालेको सात महिनामात्र भएको थियो। […]