चीनसँग हाम्रो सीमा विवाद छ, अहिले समिति बनाउनु राम्रो मौसम होईन : बुद्धिनारायण श्रेष्ठ (भिडिओसहित)

काठमाडौं, २१ भदौ । सीमा विज्ञ बुद्धिनारायण श्रेष्ठले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले चीनसँगको सीमा विवाद समाधान गर्न सक्ने बताएका छन् । तर, प्रधानमन्त्री देउवाले चातुर्यता देखाउनुपर्नेमा उनको जोड थियो । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले चीनसँगको सीमा विवाद […]

सम्बन्धित सामग्री

सीमा विवाद र एमसीसी

नेपाल–भारतबीचको सीमा विवादबारे नेपालका प्रसिद्ध सीमाविद् बुद्धिनारायण श्रेष्ठ र वरिष्ठ पत्रकार भैरव रिसालले विभिन्न सञ्चार माध्यममार्फत निरन्तर यथार्थको जानकारी दिँदै आउनुभएको छ । अहिले नेपालको अद्यावधिक नक्सा सङ्घीय संसद्बाट समेत सर्वसम्मत रूपमा पारित भइसकेको छ तर सन् १८१६ को सुगौली सन्धि र १९५० को नेपाल भारत मैत्री सन्धिको मूल प्रति अहिलेसम्म सहज उपलब्ध नहुनु दुःखदायी विषय छ । हामीले उपलब्ध सबुत प्रमाणसहित वार्तामा प्रस्तुत हुनुपर्ने कुरामा कुनै सन्देह छैन । यस्तो अवस्थामा भारतीय पक्षले वार्तालाई सकेसम्म लम्ब्याउने र पन्छाउने सम्भावना पनि प्रबल छ । भारतले केही वर्षअघि बङ्गलादेशसँगको सीमा विवाद टुङ्याएको थियो । यसलाई हामीले उदाहरणका रूपमा लिन सकिन्छ, यद्यपि यो विवादको समाधान भारतले पाकिस्तानसँगको सम्बन्धको मूल्यमा गरेकोमा कुनै सन्देह छैन ।