धनगढी – चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीस्थित गीता सत्संग भवनमा सत्याग्रह सुरु गरेका छन्। उनले साँझ ५ बजेदेखि २०औँ सत्याग्रह सुरु गरेका हुन्। सत्याग्रह सुरु गर्नुअघि डा. केसीले सत्याग्रह स्थलमै पत्रकार सम्मेलन गरी आफ्ना मागसहित सत्याग्रह सुरु गरेको जानकारी दिए। डा. केसीले आफ्नो माग पूरा गर्न सरकारलाई दुई साताको […]