डा. गोविन्द केसीले सरकारले विगतमा पटकपटक गरेका सहमति पालना नगरेको भन्दै शुक्रबार साँझदेखि धनगढीमा सत्याग्रह सुरु गरेका छन्। धनगढीको एलएनचोकस्थित कृष्ण मन्दिरको धर्मशालामा उनले तीन दिने सत्याग्रह सुरु गरेका हुन्।...
सरकारले बिगतमा पटक पटक गरेका सहमति पालना नगरेको भन्दै धनगढीमा सत्याग्रहमा बसेका डा.गोविन्द केसीको गेटामा मेडिकल विश्वविद्यालय बनाउने प्रक्रियालाई बिथोल्न खोजेको भन्दै यस क्षेत्रका बासिन्दाले चर्को विरोध गरेका छन्।...
कैलालीको गेटामा निर्मित संरचनामा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बन्ने सत्ता गठबन्धनका नेताहरुले दावी गरेका छन् । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषणमा गेटामा दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन बजेट व्यवस्था गरेको घोषणा गरेपछि सुदूरपश्चिममा आन्दोलन चलिरहेका बेला गठबन्धनका नेताहरुले आधिकारिक धारणा सार्वजनिक गरेका हुन् । उनीहरुले सोमबार धनगढीमा छुट्टा […]
धनगढी : कैलालीको गेटामा चिकित्सा विश्वविद्यालय माग गर्दै निरन्तर आन्दोलन चर्किरहेको छ। भोलि सुदूरपश्चिम बन्द गरेर आन्दोलन घोषणा गरिएपछि आन्दोलन थप सशक्त बनेको हो।संघर्ष समितिका सहसंयोजक आनन्द भट्टले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयन गर्नुपर्ने माग गर्दै भइरहेका आन्दोलनका कार्यक्रम अन्तर्गत आइतबार आमहड्ताल र सुदूरपश्चिम बन्दको घोषणा गरिएको बताए।उनका अनुसार उक्त दिन प्रदेशभर अत्यावश्यक बाहेक कुनै पनि सेवा सञ्चालन गर्न पाइनेछैन। संघर्ष समितिका
२६ जेठ, धनगढी। गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय कार्यान्वयन गर्न माग गर्दै नेकपा एमाले कैलालीले धनगढीमा प्रर्दशन गरेको छ। शुक्रबार साँझ एमाले जिल्ला कमिटिको कार्यालयदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडिसम्म ¥यालीसहित एमालेले प्रर्दशन गरेको हो। प्रर्दशनका क्रममा मेडिकल माफियाको प्रभावमा परेर मन्त्रिपरिषद्को निर्णय विपरीत सरकारले गेटामा विश्वविद्यालयको सट्टा स्वास्थ्य […]
१८ माघ, धनगढी । ६०० शय्याको अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्यसहित कैलालीको गेटामा निर्माण भएको संरचना दुई वर्षदेखि अलपत्र छ । तर सरकारले यहाँ मेडिकल कलेज सञ्चालनका लागि आवश्यक कानुन नबनाउँदा संरचना जीर्ण हुँदै गएका छन् । ‘प्रयोगमा नआएपछि भौतिक संरचनाहरु जीर्ण बन्ने रहेछन् । भवनहरुको रंग खुइलिन थालिसक्यो, भित्तामा जालोहरु लागिसके’, पूर्वाधार […]
प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिने बताएका छन् । धनगढी उपमहानगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको शनिबार उद्घाटन गर्दै उनले गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि आवश्यक कानुन छिटै...
प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिने बताएका छन्। धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवनको शनिबार उद्घाटनका क्रममा प्रधानमन्त्री देउवाले गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि आवश्यक कानुन छिट्टै ल्याइने...
धनगढी – प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा तत्काल स्वास्थ्य प्रतिष्ठान बनाउने बताएका छन्। उनले तत्कालै विधेयक ल्याएर प्रतिष्ठानको प्रकृया अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्। शनिबार धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सुदूरपश्चिमबासीको चाहाना र माग अनुसार गेटामा भौतिकरूपमा निर्माण सम्पन्न भएको प्रस्तावित गेटा मेडिकल कलेजलाई स्वास्थ्य प्रतिष्ठान बनाउने बताका हुन्। उनले […]
प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा प्रस्तावित मेडिकल कलेजलाई कसरी अगाडि बढाउने भन्ने विषय छलफल भइरहेको भन्दै तत्काल ३ सय बेडको अस्पताल सञ्चालन गरिने बताएका छन् । गेटा मेडिकल कलेज सञ्चालनका लागि गठित अत्तरिया संघर्ष समितिले शुक्रबार धनगढीमा ज्ञापन पत्र बुझाएपछि प्रधानमन्त्री देउवाले तत्कालका लागि ३ सय बेडको अस्पताल सञ्चालन गरी आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने बारेमा छलफल हुने बताए । आफू सुदूरपश्चिमकै नागरिक भएको बताउँदै प्रधानमन्त्री देउवाले गेटामा सेवा सुचारु गरेरै छोड्ने प्र