वाग्मती प्रदेश सरकारले स्थायी प्रादेशिक संरचना निर्माण गर्न मकवानपुरका विभिन्न ८ स्थानमा जग्गा छनोट गरेको छ । उपयुक्त स्थानमा जग्गा नमिलेको भन्दै प्रदेश सरकार स्थापना भएको ४ वर्ष पूरा भइसक्दा पनि अझैसम्म स्थायी संरचना बनाइएको छैन । हाल कतिपय मन्त्रालय र कार्यालय भाडाको घरबाट र केही पुराना सरकारी भवनबाट सञ्चालन भइरहेका छन् । भवन अभावमा प्रदेशका ५ वटा मन्त्रालय एउटै भवनमा राखिएको छ ।