प्रादेशिक संरचना निर्माणका लागि हेटौँडाको ८ स्थानमा जग्गा छनौट

बागमती प्रदेश सरकारले स्थायी प्रादेशिक संरचना निर्माणका लागि मकवानपुरका विभिन्न ८ स्थानमा जग्गा छनोट गरेको छ । वर्तमान मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको नेतृत्वको सरकारले प्रादेशिक संरचना निर्माणको लागि हेटौँडा उपमहानगरपालिका क्षेत्रका विभिन्न वडामा गरेर ८ वटा स्थान छनौट गरेको हो ।प्रदेश सरकार स्थापनको ४ वर्ष पूरा भइसक्दा समेत विगतमा ३ पटक सरकार परिवर्तन भए पनि हालसम्म पनि प्रादेशिक संरचनाको काम अघि बढ्न नसकेको अवस्थामा वर्तमान सरकारले त्यसलाई प्राथमिकताको साथ अघि बढाएको मुख्यमन्त्री तथा मन

सम्बन्धित सामग्री

हेटौँडा–१६ मा बागमती सरकारका भौतिक संरचना निर्माण हुने

हेटौंडा : बागमती प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिका–१६ हटियास्थित सार्वजनिक जग्गामा प्रदेशको भौतिक संरचना निर्माण गर्ने भएको छ।बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मंगलबार पत्रकारहरूसँग हेटौँडा–१६ मा रहेको शिवम् सिमेन्टसँगै जोडिएको जग्गामा प्रदेशको भौतिक संरचना निर्माण गरिने जानकारी दिएका हुन्।उनले प्रादेशिक संरचना निर्माणको लागि जग्गा छनोट गरेर स्वीकृतिका लागि संघीय सरकारमा पठाएको जानकारी गराउँदै केही दिनभित्रै अनुमति प्राप्त हुने बताए। प्रादेशिक संरचना

बागमती : प्रादेशिक संरचना निर्माणका लागि बजेट छ, जग्गा छैन

बागमती प्रदेश सरकारले अहिलेसम्म प्रादेशिक संरचना निर्माण गर्न सकेको छैन । प्रदेश सभाको कार्यकाल करिब साढे चार वर्ष पुग्दा प्रदेशमा तीन वटा सरकार बने तर कुनै पनि सरकारले प्रदेश सरकारको भौतिक संरचना निर्माणमा प्रगति गर्न सकेनन् ।बागतमी प्रदेश सरकारको नेतृत्वमा सबैभन्दा बढी समय नेकपा एमाले रह्यो । तत्कालीन अवस्थामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट लगभग दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरेको एमालेले २०७७ पुसबाट भने एकल बहुमतको सरकार सञ्चालन गरेको थियो ।करिव साढे ३ वर्ष सरकारको नेतृत

प्रादेशिक संरचनाका लागि जमिन छनोट

हेटौंडा । बाग्मती प्रदेश सरकारको प्रादेशिक संरचनाका लागि भवन बनाउन गठित प्रशासनिक भवन जग्गा पहिचान समितिले हेटौंडाका विभिन्न स्थानको १९५ बिघा जमिन छनोट गरेको छ । समितिले बागमती प्रदेशको राजधानी हेटौंडा–१९ लेवटमा ८० बिघा, हेटाँंडा–१६ मा ५४ बिघा, हेटौंडा–६ चित्रेपानीमा २० देखि २५ बिघा, हेटौंडा– ९ लामसुरे हाइटमा १५ बिघा, हेटौंडा–१७ डिपोचौर हटियामा १२ बिघा, हेटाँंडा–९ मा हेटाँंडा सिमेन्ट उद्योगको रहेको पाँच बिघा, हेटाँंडा भोर्लेमा रहेको २ दशमलव १३ बिघा र हेटौंडा–१७ हटियाको पश्चिम डिपोचौरमा २ दशमलव १४ बिघा जमिन छनोट गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले बताएको छ । प्रदेश सरकारले गठन गरेको समितिले प्रदेशको राजधानी हेटौंडाको विभिन्न आठ स्थानलाई प्रादेशिक संरचना निर्माणका लागि छनोट गरेर संघीय सरकारलाई स्वीकृतिका लागि सिफारिश गरेको बताइएको छ । केही दिन पहिला समितिको सम्पन्न बैठकले छनोट गरिएका जमिनको स्वीकृतिका लागि संघीय सरकारलाई सिफारिस गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले बताए । प्रदेश सरकारको कतिपय मन्त्रालय र प्रादेशिक संरचनाहरू हालसम्म पनि हेटौंडामा भाडाको घरमा सञ्चालनमा छन् भने कतिपय पुराना सरकारी भवनबाट सञ्चालनमा छन् । त्यसैले प्रदेशका आफ्नो स्थायी भवन संरचना बनाउन आवश्यक जमिन यकिन गरी सिफारिस गरिएको हो । रासस

प्रादेशिक पूर्वाधारलाई बल्ल जग्गा खोजी

वाग्मती प्रदेश सरकारले स्थायी राजधानी तोकेको दुई वर्षपछि प्रादेशिक संरचना निर्माणका लागि जग्गा खोज्न सुरु गरेको छ । तत्कालीन सत्तारूढ नेकपा विभाजनपछि सरकार सत्ता जोगाउनमै केन्द्रित हुँदा प्रादेशिक संरचना निर्माण अलपत्र परेको हो ।