धार्मिक तीर्थ स्थल जाने क्रममा पूर्व राजा ज्ञानेन्द्र शाह बिहीबार बिहान गोकर्णेश्वरको उत्तरबाहिनीस्थित उत्तरगया पुगेका छन् । शाह पितृ श्राद्धको लागि आफ्ना पुरोहितसहित गेरु वस्त्र धोती, दौरा सुरुवाल र कमिज लगाएर उत्तरगया पुगेका थिए । तीर्थ श्राद्धस्थलको नामले चिरपरिचित उत्तरगया क्षेत्रमा आफ्ना दिवङ्गत पितृको नाममा पूर्व राजाले श्राद्ध गरेका हुन् ।उत्तर तर्फको शिवपुरी बागद्वारबाट बहन सुरु भएको बागमती उत्तर बहिनी क्षेत्रमा आएपछि दक्षिणबाट उत्तरतर्फ बहने भएकोले यस क्षेत्रलाई उत्तरगयाको नाम