भारतको अपराध रोकथाम महाशाखाले दुईवटा पसलबाट नक्कली स्यानिटाइजरको भारी मात्रा बिहीवार बरामद गरेको छ ।
वडोदराको वास्ना रोड र राओपुरा क्षेत्रबाट स्यानिटाइजरहरू बरामद गरिएको हो ।
मंगलवार पक्राउ परेका नितिन कोटवानीले ती पसलहरूलाई नक्कली स्यानिटाइजर बेचेका थिए ।
कोटवानीले १० महिनामा १० करोड भारु नाफा कमाएको प्रहरीले जनायो ।
‘
कोटवानीले कुन कुन व्यापारीलाई नक्कली स्यानिटाइजर बेचेको हो भनी हामी खोजी गरिरहेका छौं । कोटवानीको इकाइमा बनेका सबै स्यानिटाइजर बराम...