काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद वर्षमान पुनले नेपालले चीन र भारतसँग पर्यटनको क्षेत्रमा प्रतिष्पर्धा गर्नसक्ने बताएका छन्।बिहीवार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले नेपालमा चीन पहिलो, भारत दोस्रो र तेस्रोमा अमेरिकाबाट बढी पर्यटकहरु आइरहेको उल्लेख गर्दै चीन र भारतसँग नेपालले पर्यटनको क्षेत्रमा प्रतिष्पर्धा गर्नसक्ने बताए।उनले भारतबाट वार्षिक ५ करोड र चीनबाट वार्षिक १० करोड पर्यटकहरु बाहिरिने गरेको भन्दै ती पर्यटकहरु नेपालले तान्न सक्न