काठमाडौं, १२ चैत। नेपालमा हाल रहेका ६६ लाख ६० हजार ८४१ परिवारमध्ये अझै ४.५ प्रतिशतसँग अझै शौचालयको पहुँच नभएको पाइएको छ। अर्थात २ लाख ९९ हजार ७३७ परिवारसँग अझै शौचालयको पहुँच छैन, जबकी सरकारले २०७६ असोज १३गते नै नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेको थियो। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार ९५.५प्रतिशत परिवारले कुनै न कुनै प्रकारको शौचालयको प्रयोग गर्ने गरेका छन्।