कञ्चनपुर – कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगरमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । बजार क्षेत्रमै सार्वजनिक शौचालय नहुँदा शौच गर्नलाई समस्या हुने गरेको सर्वसाधारणको गुनासो छ ।
भीमदत्त नगरपालिका–४ मिनी मार्केटका व्यवसायी दुर्गादत्त भट्टले सार्वजनिक शौचालयको अभाव हुँदा शौच गर्न सास्ती भोग्नुपरेको बताउनुभयो । ‘यहाँ सार्वजनिक शौचालय छैन, पालिकालाई पटक पटक गुहार गर्दा पनि माग सुनुवाइ नै भएन’, उहाँले भन्नुभयो, ‘हामी व्यापारी र पसलमा आउने ग्राहकलाई शौच गर्न निकै सम...