दशकअघि नै खुला दिसामुक्त जिल्ला घोषणा भएको बागलुङका ८६५ घरमा अझै छैन शौचालय

गलकोट : बागलुङ जिल्ला खुला दिसामुक्त घोषणा भएको दश वर्ष पूरा भइसक्दासमेत यसले पूर्णता पाउन सकेको छैन। खुला दिसामुक्त घोषणा भइसकेको जिल्लामा शौचालयविहीन परिवार रहेको तथ्याङ्क सार्वजनिक भएको छ। सबै घरमा शौचालय निर्माण गरेर ‘खुल्ला दिसामुक्त बागलुङ’ विसं २०७० मा घोषणा भए पनि अझै आठ सय ६५ घरपरिवार शौचालयविहीन रहेको…

सम्बन्धित सामग्री

बिस प्रतिशत घरमा छैन शौचालय

खुला दिसामुक्त नेपालका २२ पालिका २० प्रतिशतभन्दा बढी घरपरिवार शौचालयविहीनको सूचीमा रहेका छन् । राष्ट्रिय जनगणनाको तथ्याङ्क अनुसार लुम्बिनी र मधेश प्रदेशका आठ जिल्लाका पालिका शौचालय नहुने उच्च सूचीमा रहेका छन् । जसमध्ये लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही र मधेश प्रदेशका सप्तरी, धनुषा, रौतहट, महोत्तरी, बारा, पर्साका पालिका रहेका छन् ।

जहाँ अझै शौचालय छैनन्

बागलुङ जिल्ला खुला दिसामुक्त घोषणा भएकोे दश वर्ष पूरा भइसक्दासमेत यसले पूर्णता पाउन सकेको छैन । खुला दिसामुक्त घोषणा भइसकेको जिल्लामा शौचालयविहीन परिवार रहेको तथ्याङ्क सार्वजनिक भएको छ । सबै घरमा शौचालय निर्माण गरेर ‘खुल्ला दिसामुक्त बागलुङ’ विसं २०७० मा घोषणा भए पनि अझै आठ सय ६५ घरपरिवार शौचालयविहीन रहेको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कले …

राजधानीमै छैनन् पर्याप्त सार्वजनिक शौचालय

घर–घरमा शौचालय भएको विश्लेषण गर्दै दुई वर्षअघि नै काठमाडौं जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको थियो । जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले ०७६ असोजमा काठमाडौंलाई खुला दिसामुक्त जिल्ला घोषणा गरेको थियो । खुला दिशामुक्त घोषणा गरिएको दुई वर्ष बितिसक्दा पनि काठमाडौंका प्रमुख बजार क्षेत्र भने पर्याप्त शौचालय छैनन् । भएका शौचालयहरु पनि प्रयोगलायक छैनन् । अत्यधिक भिडभाड हुने ठाउँ रत्नपार्क क्षेत्रमा पहिले ४ वटा शौचालय थियो । अहिले २ वटा मात्र शौचालय छन् । तर, भएका शौचालय छिरिसक्नु छैनन् । केहीको चुकुल लाग्दैन, कुनैमा ढोकाको पाता फुटेको छ । केहीमा पानी छैन । दिसापिसाबको दुर्गन्ध पनि उस्तै छ ।

आज विश्व शौचालय दिवस

काठमाडौं : आज विश्व शौचालय दिवस, नेपालमा पनि मनाइँदैछ। सन् २०१३ नोभेम्बर १९ मा संयुक्त राष्ट्रसंघको महासभाले विश्व शौचालय दिवसलाई औपचारिक मान्यता दिएपछि यो दिवस मनाउन थालिएको हो।  नेपालमा ‘शौचालयको महत्व अमूल्य’ नारा तय गरेर यो दिवस मनाइँदै छ। दिवसका अवसरमा शौचालय निर्माण, प्रयोग, जनस्वास्वस्थ्य र सरसफाइ आदि विषयमा जनचेतना फैलाउने कार्यक्रमहरु हुँदै आएका छन्।  नेपाललाई दुइ वर्ष अघि नै खुला दिसामुक्त देश घोषणा गरिए पनि सबैको घरमा अझै शौचालयको ब्यवस्था भइसकेको छैन्।

नेपाल खुला दिसामुक्त मुलुक कहिले बन्ने ?

२०६८ सालदेखि सरकारले सुरु गरेको खुला दिसामुक्त मुलुक बनाउने योजना कहाँसम्म पुग्यो त ? अनि के कति घरमा शौचालय निर्माण भयो, के कति सार्वजनिक शौचालय निर्माण भएर प्रयोगमा आए त ? सरकारले नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा गरेको पनि एक दशक बितिसक्यो । तर कुन–कुन क्षेत्र खुला दिसामुक्त भए, कुन–कुन क्षेत्र खुला दिसामुक्त हुन बाँकी […]

शौचालय प्रयोगविहीन बन्दै

खुला दिसामुक्त क्षेत्र घोषणासँगै उदयपुरमा झण्डै ३ वर्षयता ८ स्थानीय तहका सम्पूर्ण परिवारको घरमा शौचालय निर्माण भइसकेका छन् । सर्वसाधारणले सौचालय बनाई सकेकाले जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको छ । तर, पछिल्लो समय पानी नहँुदा ३ वर्षअघि निर्माण भएका सौचालय प्रयोगविहीन छन् । त्यसैले सर्वसाधारणले शौचालय छाडेर खोला, खोल्सी र जंगलतिर नै शौच गर्न जाने पुरानो परम्परालाई निरन्तरता दिन थालेका छन् ।

खुला दिसामुक्त घोषणा कागजमै सीमित

तेह्रथुम – जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको भए पनि अझैसम्म पनि त्यो पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन । खुला दिसामुक्त क्षेत्र घोषणा भएका क्षेत्रमासमेत कतिपय घरमा अझै पनि शौचालय छैनन् भने कतिपय ठाउँहरुमा शौचालय भए पनि प्रयोगमा आउन सकेका छैनन् । जिल्लाका अधिकांश बजारहरुमा सार्वजनिक शौचालय निर्माण गरिएको...

चर्पीविहीन बस्ती खुला दिसामुक्त क्षेत्र !

रौतहटका स्थानीय तहलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न हतारो लागेको छ। तहलाई खुला दिसामुक्त घोषणा गर्न हतारो भए पनि घोषित धेरै बस्तीमा अझै शौचालय भने बनिसकेका छैनन्। खानेपानीमन्त्री बिना मगरले बुधबार मौलापुर नगरपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिन्। तर सोही नगरपालिकाका सबै घरमा शौचालय छैनन्। अन्रपूर्ण पोस्ट दैनिकले छापेको समाचारमा भनिएको छ, 'नगर क्षेत्रका सडक…

शाैच कुल्चिएर कार्यक्रमस्थल पुगी 'खुला दिसामुक्त क्षेत्र' घोषणा

गौर : खानेपानीमन्त्री बिना मगरले बुधबार रौतहटको मौलापुर नगरपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिन्। तर सोही नगरपालिकाका सबै घरमा शौचालय भने छैनन्। नगर क्षेत्रका सडक किनार, सार्वजनिक स्थल तथा खेतमा जथाभावी शौच गरिएको भेटिएको छ। शौचालय निर्माणका लागि दिइएका सामग्री घर वरपर अलपत्र अवस्थामा भेटिएका छन्। बुधब...