काठमाडौं : सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिटलाई हेर्दाहेर्दैमा राखेको छ। अधिकारीको रिटमा मंगलबार सुनुवाइ नसकिएपछि सर्वोच्चले हेर्दाहेर्दैमा राखेको हो। अब यो मुद्दाको सुनुवाई बिहीबार हुनेछ।गभर्नर अधिकारीमाथि छानबिन गर्न सरकारले छानबिन समिति गठन गरेपछि स्वतः निलम्बनमा परेका गभर्नर अधिकारीले वैशाख ५ गते सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमा उनले आफूमाथिको छानबिन रोक्न माग गरेका थिए। रिटमाथि वैशाख ६ गते सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले छान