गभर्नर अधिकारीको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको निलम्बनसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतमा बिहीबार सुनुवाइ हुने भएको छ । आफू विरुद्ध जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णयविरुद्ध अधिकारीले दिएको रिटमा सर्वोच्च अदालतले यसअघि १३ वैशाखसम्म सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । मङ्गलवार न्यायाधीश सपना मल्ल प्रधान र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइ भएको […]

सम्बन्धित सामग्री

मुलकको अर्थतन्त्र सहज बन्दै गइरहेको छः गभर्नर अधिकारी

शनिबार काठमाडौँमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले जोखिम पनि कायमै रहेको उल्लेख गर्दै सजकता अपनाउन पनि सचेत गराए। अर्थतन्त्रमा सहजता देखिएको भनेर अहिल्यै धेरै वस्तुहरुको आयातमा वृद्धि गर्न नमिल्ने गभर्नर...

गभर्नर अधिकारीको राजीनामा माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ- अखिल क्रान्तिकारीले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बिहीबार पनि प्रदर्शन गरेको छ । काठमाडौँको प्रदर्शन मार्गमा अखिल क्रान्तिकारीले क्याम्पस जिल्ला समितिले गभर्नर अधिकारी एमाले नेता भएको भन्दै पदबाट बर्खास्त गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । गभर्नर अधिकारी एमाले अर्थ तथा योजना विभाग सदस्य भएको भन्दै अखिल क्रान्तिकारी आन्दोलनमा उत्रिएको हो । गभर्नर अधिकारीको […]

गभर्नर अधिकारीविरुद्ध अखिल क्रान्तिकारी र वाइसिएलले चरणवद्ध आन्दोलन गर्ने

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र योङ कम्युनिस्ट लिग (वाइसिएल) ले गर्भनर महाप्रसाद अधिकारीले राजीनामा नदिएसम्म चरणवद्ध रुपमा आन्दोलन गर्ने भएको छ । गभर्नर अधिकारी एमाले अर्थ तथा योजना विभाग सदस्य भएको खुलेपछि उनका विरुद्ध अखिल क्रान्तिकारी र वाइसिएल चरणवद्ध रुपमा आन्दोलनमा उत्रिएको हो । गभर्नर अधिकारीको राजीनामा नआउँदासम्म केन्द्रदेखि जिल्लासम्म अखिल क्रान्तिकारी र वाईसिएलले चरणवद्ध रुपमा आन्दोलन गर्ने अखिल क्रान्तिकारीका महासचिव दीपेश पुनले बताए । नेपालको गभर्नर हुन दलको सदस्य

गभर्नरविरुद्ध आन्दोलन चर्काउँदै लगानीकर्ताहरु

धितोपत्र बजारका लगानीकर्ताहरूले गभर्नर महाप्रसाद अधिकारी विरुद्ध आन्दोलन चर्काउने भएका छन् । राष्ट्र बैंकको जिम्मेवार पदमा बहाल रहेकै समयमा गभर्नर अधिकारीको नेकपा एमाले पार्टीको विभागीय जिम्मेवारीमा समेत नाम जोडिएर आएपछि लगानीकर्ताहरु आन्दोलित भएका हुन् ।यसअघि देखिनै रुष्ट लगानीकर्ताहरूले गभर्नर अधिकारी विरुद्ध बुधबार दिउँसो ४ः३० बजे माइतीघरमा विरोध प्रदर्शन गर्ने भएका छन् । गभर्नर अधिकारीले गभर्नरभन्दा बढी पार्टीको कार्यकर्ताको रुपमा परिचालित भएको भन्दै लगानीकर्ताहरूले त्यसको भन्डाफोर गर्दै राज

अनावश्यक आयात रोक्न ब्याजदर बृद्धि गर्यौं : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अनावश्यक आयात रोक्नकै लागि ब्याजदर वृद्धि गर्नुपरेको तर्क गरेका छन् । मुलुकभित्रै निक्षेप संकलन हुन नसक्दा तरलता अभाव हुनु र कर्जा बढेर आयात बढ्नुले राष्ट्रिय अर्थतन्त्रमा नै गम्भिर संकट पर्ने देखिएपछि ब्याजदर वृद्धिको स्वीकृति दिनुपरेको गभर्नर अधिकारीको भनाइ छ । आइतबार उद्योग वाणिज्य महासंघले राजधानीमा  आयोजना गरेको पेट्रोलियम पदार्थको तीब्र आयात र यसले पार्न सक्ने आर्थिक प्रभाव विषयक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्

सर्वोच्चले गभर्नर अधिकारीको मुद्दामा अन्तरिम आदेशलाई निरन्तरता दियो

काठमाण्डाै – सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । गभर्नर अधिकारीमाथिको कारबाही यथास्थितिमा राख्नु भनी सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । सर्वोच्चको आदेशसँगै गभर्नर अधिकारीले निरन्तर काम गर्न पाउनुहुने भएको छ । सरकारले छानबिन गर्न समिति गठन गरेपछि निलम्बनमा पर्नुभएका गभर्नर अधिकारी सर्वाेच्चले वैशाख ६ गते अल्पकालीन अन्तरिम आदेश दिएपछि काम...

गभर्नर अधिकारीको रिटमा सुनुवाइ जारी

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले आफूमाथि भएको छानबिन समिति गठन र निलम्बनविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने आदेशका लागि सुनुवाइ भइरहेको छ । सरकारले विभिन्न आरोप लगाउँदै छानबिनका लागि सर्वोच्च अदालतका पूर्व न्यायाधीशको संयोजकत्वमा समिति गठन गरेपछि गभर्नर अधिकारी निलम्बित भएका थिए । उक्त निलम्बनविरुद्ध […]

तरलता अभावको मुख्य जड नै आयात बृद्धि हो : गभर्नर अधिकारी

हाल बजारमा देखिएको तरलता अभावको समस्याको मुख्य जड नै आयात बृद्धि हुनु रहेको गभर्नर डा.महाप्रसाद अधिकारीले तर्क गरेका छन् ।  बुधबार राजधानीमा आर्थिक पत्रकारहरुसँग छलफल कार्यक्रम राख्दै गभर्नर अधिकारीले निर्यातको तुलनामा आयात १४ गुणाले नै बृद्धि भएको र त्यसको परिपूर्तिमा जाने रेमिटेन्स घटेकाले समस्यामा परेको बताए ।चालू आर्थिक वर्ष २०७८–७९ को चार महिनामा हालसम्मकै उच्च आयात अधिकतम १८ प्रतिशतसम्मले वृद्धि हुँदै ७ खर्बमाथि पुगेको तर रेमिटेन्स ७.५ प्रतिशतले घटेको गभर्नर अधिकारीको