गभर्नर अधिकारीको मुद्दा फुयालको इजलासमा, निलम्बन खारेज गर्न माग

काठमाडौं : सरकारले छानबिन गर्ने भन्दै पदबाट निलम्बन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालत पुगेका गभर्नर महाप्रसाद अधिकारीको सुनुवाइ न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा तोकिएको छ। अधिकारीले गत आइतबार सर्वोच्चमा वकिलहरुमार्फत रिट हालेका थिए। उनले छानबिन समिति खारेज गरी तत्काल पुन: बहालीका लागि आदेश माग गरेका छन्। न्यायाधीश फुयालको इजलासमा मंगलबार ४ वटा पेशी तोकिएको…