गभर्नर अधिकारीविरुद्धको मुद्दाको पेसी न्यायाधीश माथेमाको इजलासमा

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुँदैछ।  अधिकारीविरुद्धको मुद्दा न्यायाधीश सुष्मलता माथेमाको इजलासको ग नम्बरमा परेको छ।  अधिवक्ता दीपकराज जोशीसहित ४ जनाले सर्वोच्च अदालतमा गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै रिट दायर गरेका हुन् । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० अनुसार गभर्नर पदमा नियुक्त हुन […]

सम्बन्धित सामग्री

गभर्नर महाप्रसादको रिट आज पनि हेर्दा हेर्दैमा, भोलिलाई पेसी तोकियो

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूलाई हटाउने उद्देश्यले गरिएको निलम्बनको कारवाही र जाँचबुझ आयोग गठन बदर गर्न माग गर्दै परेको रिटमाथिको सुनुवाइ आज पनि हेर्दा हेर्दैमा रहेको छ । न्यायाधीश सपना प्रधान मल्ला र टंकवहादुर मोक्तानको इजलासले आज सुनुवाइ नसकिएकाले हेर्दा हेर्दैमा राखी भोलिलाई पेसी तोकेको छ । बुधवार पनि सोही इजलासमा यो […]

निलम्बित अधिकारीको रिटमाथि आज सुनुवाइ हुँदै

काठमाडौँ । निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिटमाथि सर्वोच्च अदालतमा आज (मंगलबार) प्रारम्भिक सुनुवाइ हुँदै छ । सो रिट सुनुवाइका लागि आज न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा पेसी तोकिएको छ । आफूमाथि पूर्वाग्रही भएर अर्थमन्त्रीले गैर कानुनी ढङ्गले जाँचबुझ आयोग गठन गरेको तथा आयोगमा उनको परिवारका सदस्य तथा पार्टी सदस्यहरू राखेको भन्दै अधिकारीले सो प्रक्रिया नै […]

निलम्बित गभर्नरको रिट न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा

सरकारले छानबिन समिति बनाएपछि स्वतः निलम्बनमा परेका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिट न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेको छ । निलम्बन फुकुवा गरी पूर्ववत् अवस्थामै कामकाज गर्न दिन अन्तरिम आदेशको माग गरिएको रिट न्यायाधीश फुयाँलको एकल इजलासमा परेको हो । गत आइतबार दायर रिटको पहिलो सुनुवाइका लागि आज पेसी तोकिएको थियो । अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, अर्थमन्त्री जनार्दन शर्मा र सरकारले गठन गरेको छानबिन समिति समेतलाई विपक्षी बनाई रिट दायर गरेका