काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी यादप राईको नाममा रहेको ६२ हजार कित्ता शेयर सर्वसाधारण व्यक्ति वा संस्थाले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
विक्रीमा ल्याइएको यस शेयरको मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ । यसअघि संस्थापक शेयरधनीले खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याइएको थियो । तर, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरीदका लागि आवेदन नपरेपछि सर्वसाधारण व्यक्ति वा संस्थाले खरीद गर्न पाउने गरी शेयर विक्रीमा ल्याएको हो ।
शेयर खरीद गर्न इच्छुक व्यत्ति वा संस्थाले आवश्यक कागजातसहित सूचना प्रकाशित मिति (चैत २० गते)ले १५ दिनभित्र संस्थाको प्रधान कार्यालय डिल्लीबजार, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्