अक्सिजन अभावले अस्पतालका बेड खाली, उपचार नपाउँदा बिरामी जोखिममा

मोरङको बुढीगङ्गास्थित विराट मेडिकल कलेजद्वारा सञ्चालित कोभिड अस्पतालमा बिरामीका लागि दैनिक ६५० सिलिन्डर अक्सिजन खपत हुने गरेको छ । तर तीनदिन यता सो अस्पतालले दैनिक ४५० सिलिन्डर अक्सिजनबाटै बिरामीको उपचार गर्नुपरेको छ ।अक्सिजन अभावकै कारण सो अस्पतालले सूचना जारी गरी नयाँ संक्रमित भर्ना नलिने जनाइसकेको छ । कुल २९१ शय्या क्षम...

सम्बन्धित सामग्री

ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजन उत्पादन र आइसीयु सेवा सुरु

ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजन उत्पादन र सघन उपचार कक्ष सेवा सुरु भएको छ । पूर्व पर्यटनमन्त्री तथा सांसद योगेशकुमार भट्टराईले आज उद्घाटन गरेसँगै जिल्ला अस्पतालमा थप सेवा विस्तार भएको हो । विगतमा अन्य जिल्लाबाट अक्सिजन आयात गर्नुपर्ने समस्या हट्ने र सघन उपचार कक्ष बेड नभएर अन्य जिल्लामा बिरामी पठाउनुपर्ने समस्या समाधान हुँदै जाने भट्टराईले बताए । उनले भने, “स्वास्थ्य क्षेत्रमा प्रविधिले फड्को मारिरहेको समयमा एउटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट र सघन उपचार कक्ष स्थापना गर्नु कुनै

जिल्ला अस्पतालमा अक्सिजन उत्पादनसँगै आईसीयू सेवा शुरू

ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजन उत्पादन र सघन उपचार कक्ष सेवा शुरू भएको छ । पूर्व पर्यटनमन्त्री तथा सांसद योगेशकुमार भट्टराईले मंगलवार उद्घाटन गरेसँगै जिल्ला अस्पतालमा थप सेवा विस्तार भएको हो ।  विगतमा अन्य जिल्लाबाट अक्सिजन आयात गर्नुपर्ने समस्या हट्ने र सघन उपचार कक्ष बेड नभएर अन्य जिल्लामा बिरामी पठाउनुपर्ने समस्या समाधान हुँदै जाने भट्टराईले बताए ।  उनले भने, ‘स्वास्थ्य क्षेत्रमा प्रविधिले फड्को मारिरहेको समयमा एउटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट र सघन उपचार कक्ष स्थापना गर्नु कुनै ठूलो कुरा होइन, तर ...

वीर अस्पतालमा १७० बेड तयार, अक्सिजन नहुँदा उपचारै भएन

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको सुविधासम्पन्न र आकर्षक भवन हालसालै निर्माण सम्पन्न भएको हो । नयाँ भवनको ५ तल्लासम्म बिरामी राखेर उपचार गराउन सकिन्छ र बिरामीको अत्याधिक चाप रहेको अवस्थामा ७ सयसम्म बिरामी राखेर उपचार गर्न सकिन्छ । भवन बने पनि सञ्चालनमा आइनसकेको यो भवनमा सरकारले कोभिडबाट संक्रमित बिरामीको उपचार गर्ने घोषणा गर्यो । नयाँ अस्पतालमा दिन र रात गरेर बिरामीका लागि आवश्यक अक्सिजन सप्लाई गर्न मिल्ने पाइपसहितको जडान भइसक्यो । अस्पतालले १ सय ७० बेड तयार पनि गरिसकेको छ

अक्सिजन लिन डिपोमै लाइन लाग्छन् बिरामीका आफन्त, व्यवस्थापन गर्न प्रहरी परिचालन

काठमाडौं : काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या तीव्र रुपमा बृद्धि भइरहेको छ। संक्रमितहरुको संख्या बढेसँगै त्यसको प्रत्यक्ष प्रभाव अस्पतालहरुमा देखिएको छ। क्षमताभन्दा बढी बिरामी आएपछि अस्पतालमा बेड पाउनै पनि निकै मुस्किल छ। त्यसकारण अस्पतालहरुमा बाहिरै बेड राखेर उपचार गरिएका दृश्यहरु पनि देखिएका छन्। कोरोना संक्रमितको उपचारको क्रममा अक्सिजन निकै…

सेती अस्पतालको दृश्य : बाहिर बेड लगाएर बिरामीको उपचार, भित्र शव व्यवस्थापनको सकस

कैलाली : अक्सिजनको सहारामा मृत्युलाई जित्ने कोसिस गरिरहेका डोटीका एक बिरामी सेती प्रादेशिक अस्पतालको प्राङ्गणमा उपचाररत छन्। ४ दिनअघि डोटीबाट उपचारका लागि धनगढी ल्याइपुर्‍याइएका उनलाई ३ दिन धनगढीकै केजी अस्पतालमा उपचार गरियो। त्यहाँ अक्सिजन सकिएपछि मंगलवार बेलुका उनका छोराले उनलाई सेती प्रादेशिक अस्पताल ल्याए। तर, बेड पाएनन्। उनलाई अक्सिजन नभई…

बाँकेमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना लिन बन्द

बाँके : कोभिड महामारीसँग जुझिरहेको बाँकेमा अक्सिजन अभाव भएको छ। सघन रुपमा कोरोनाको उपचार सेवा दिइरहेका अस्पतालहरुमा अक्सिजन अभावमा बिरामीहरु अस्पताल परिसरमा मृत्युसँग लडिरहेका छन्।सरकारी भेरी अस्पताल र निजी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना बिरामीको उपचार हुँदै आएको छ। १४२ बेड क्षमता रहेको भेरी अस्पतालका कोभिड वार्डमा १९२ बिरामी पुगेपछि बेड अभावमा अस्पतालले कोरोना बिरामी भर्ना गर्न बन्द गरेको छ।अस्पतालले जेनतेन सिलिण्डरबाट बिरामीलाई अक्सिजन पुर्याइरहेको छ। तर, मेडिकल कलेजमा ब

कोरोनाका बिरामी बढेपछि टेकु अस्पतालले इमर्जेन्सीमा १४ बेड थप्दै

काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोभिड संक्रमितको उपचार गर्न थप १४ वटा बेड थप गर्ने भएको छ। अक्सिजन पोइन्ट जोडेर इमर्जेन्सीमा भएका बेडलाई प्रयोगमा ल्याइने अस्पतालले जनाएको छ।संक्रमितको चाप बढी भएकाले र गम्भीर प्रकृतिका संक्रमित आइरहेकाले बेड थपी उपचार प्रक्रिया अगाडि बढाउने अस्पतालका निर्देशक डा.सागर कुमार राजभण्डारीले थाहाखबरलाई जानकारी दिए।राजभण्डारीले भने,' गम्भीर प्रकृतिका संक्रमित उपचार गर्न आएमा इमर्जेन्सीमा राखी उपचार प्रक्रिया अगाडि बढाइन्छ। आउनेबित्तिक्कै धेरै संक

नेपालगञ्जको दृश्य : बेड पाउन पालो कुर्छन् कोरोनाका गम्भीर बिरामी

९ वैशाख, काठमाडौं । ‘अस्पताल ल्याइएको बिरामीको स्वास्थ्य अवस्था गम्भीर हुन्छ । तत्काल अक्सिजन दिएर उपचार गराउनुपर्ने अवस्थाका बिरामीलाई पनि बेड छैन भन्नुपर्ने हाम्रो बाध्यता छ ।’  भेरी अस्पतालको कोभिड वार्डकी नर्सिङ इन्चार्ज शिला शर्माको यो भनाइले कोरोना संक्रमणको हटस्पट बनेको बाँकेको अवस्था दर्शाउँछ । हरेक दिन सय भन्दा बढी संक्रमित थपिएका छन् । उनीहरुमध्ये […]