काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कम्तीमा एक सय बेड सञ्चालन गरेका अस्पतालाई अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको छ ।
मन्त्रालयमा बुधवार बसेको बैठकले १५ दिनभित्र देशभरका एक सय बेड सञ्चालमा रहेका अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट निमार्ण गर्न निर्देशन दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
नेपालमा काेराेना सङ्क्रमण दर बढेपछि देशभरका अस्पतालमा अक्सिजनकाे अभाव हुन थालेकाे छ । केही अस्पतालले अक्सिजन अभावका कारण थप बिरामी भर्ना गर्न नसक्ने र उपचार गराइरहेक...