सेती अस्पतालको गल्ली र पार्किङमा समेत कोरोनाका बिरामी, अक्सिजन पुर्‍याउनै मुस्किल

काठमाण्डाै –  धनगढीको सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना संक्रमितको उपचार गर्न बेड अभाव भएको छ । अस्पतालले क्षमता भन्दा धेरै बिरामी भएकाले गल्ली, पार्किङ र चउरमा समेत राखेर बिरामीको उपचार गरिरहेको छ । १८ वटा बेड रहेको इमेर्जेन्सी वार्डमा भुइँमा समेत राखेर २५ जनाको उपचार भइरहेको सूचना अधिकारी दिलिप श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । यस्तै ७० बेडको ओपीडी वार्डमा ९८ जनाको उपचार भइरहेको छ । ‘बिरामी सिकिस्त भएर आउँछन्, ठाउँ छैन उपचार गदैनौँ भन्न मिल्दैन, हामीले गल्ली,प्यासेज, पार्किङ, चउर लगा...