ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजन उत्पादन र सघन उपचार कक्ष सेवा सुरु भएको छ । पूर्व पर्यटनमन्त्री तथा सांसद योगेशकुमार भट्टराईले आज उद्घाटन गरेसँगै जिल्ला अस्पतालमा थप सेवा विस्तार भएको हो । विगतमा अन्य जिल्लाबाट अक्सिजन आयात गर्नुपर्ने समस्या हट्ने र सघन उपचार कक्ष बेड नभएर अन्य जिल्लामा बिरामी पठाउनुपर्ने समस्या समाधान हुँदै जाने भट्टराईले बताए । उनले भने, “स्वास्थ्य क्षेत्रमा प्रविधिले फड्को मारिरहेको समयमा एउटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट र सघन उपचार कक्ष स्थापना गर्नु कुनै