वीर अस्पतालमा १७० बेड तयार, अक्सिजन नहुँदा उपचारै भएन

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको सुविधासम्पन्न र आकर्षक भवन हालसालै निर्माण सम्पन्न भएको हो । नयाँ भवनको ५ तल्लासम्म बिरामी राखेर उपचार गराउन सकिन्छ र बिरामीको अत्याधिक चाप रहेको अवस्थामा ७ सयसम्म बिरामी राखेर उपचार गर्न सकिन्छ । भवन बने पनि सञ्चालनमा आइनसकेको यो भवनमा सरकारले कोभिडबाट संक्रमित बिरामीको उपचार गर्ने घोषणा गर्यो । नयाँ अस्पतालमा दिन र रात गरेर बिरामीका लागि आवश्यक अक्सिजन सप्लाई गर्न मिल्ने पाइपसहितको जडान भइसक्यो । अस्पतालले १ सय ७० बेड तयार पनि गरिसकेको छ

सम्बन्धित सामग्री

कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालमा संक्रमितको उपचार सुरु

काठमाडौं :  कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को नयाँ सर्जिकल भवनबाट कोरोना संक्रमितको उपचार सुरु भएको छ। यनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी प्राडा जागेश्वर गौतमले नयाँ भवनबाट उपचार सेवा सुरु गरिएको बताए।  उनले भने,’ अक्सिजन सुविधा सहितको ५० बेड आज सञ्चालनमा ल्याएका छौं। भोलि १ सय बेड सञ्चालनमा आउँछ। त्यसपछि बिरामीको चापअनुसार विस्तारै बढाउँदै लैजान्छौं।’ सर्जिकल भवनमा ५०० बेड क्षमताको छ। सर्जिकल भवनमा पूर्ण रुपमा कोभिडको बिरामीको उपचार गर्ने र राष्ट्रिय ...

स्वास्थ्य संरचना निर्माणका लागि २ अर्ब ९३ करोड विनियोजन

काठमाडौं (अस) । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संरचना निर्माणका लागि रू. २ अर्ब ९३ करोड ८० लाख विनियोजन गरेको छ । आईसीयू, भेन्टिलेटर र अक्सिजन प्लान्ट निर्माणका लागि देशभरका ३५ अस्पताललाई उक्त रकम दिने निर्णय गरिएको आइतवार पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय ट्रमा सेन्टर, प्रसूति तथा स्त्री रोग अस्पताल, गंगालाल अस्पताल, मनमोहन कार्डियो भास्कुरल तथा ट्रान्सप्लान्ट सेन्टरलाई संरचना निर्माणका लागि रकम दिन लागिएको हो । यसैगरी नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीरेन्द्र अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल, त्रिवि शिक्षण अस्पताल, कोशी प्रादेशिक अस्पताल, गजेन्द्र नारायणसिंह अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, मेची अस्पताल, जनकपुर प्रादेशिक अस्पताल, भक्तपुर अस्पताल, बागलुङ अस्पताल, भीम अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताललाई पनि सरकारले रकम उपलब्ध गराउने भएको छ । साथै धुलिखेल अस्पताल, निजामती कर्मचारी अस्पताल, कान्ति बाल अस्पताल, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, जीपी कोइराला श्वासप्रश्वास अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, डँडेलधुरा अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल र महाकाली अस्पताललाई संरचना निर्माणका लागि स्रोत उपलब्ध गराउने जानकारी प्रवक्त गौतमले दिए । ३६० आईसीयू, १८० भेन्टिलेटर बेड, १९ अक्सिजन प्लान्ट, २६ अक्सिजन ट्यांक निर्माणका लागि कोभिड उपचारमा संलग्न देशभरका सरकारी अस्पताललाई सरकारले रकम उपलब्ध गराउने निर्णय गरेको उनले बताए । ‘अस्पतालको क्षमता र अस्पतालमा उपचाररत बिरामीको संख्या हेरेर रकम विनियोजन गरिएको छ,’ उनले भने ।