एजेन्सी।बलिउड मोडल तथा नायिका शर्लिन चोपडासँग ‘पोर्न फिल्म’ सम्बन्धमा मुम्बई प्रहरीले सोधपुछ गरेको छ।प्रहरीलाई बयान दिएर फर्केपछि उनले मिडियासँग भनेकी छन्,“मैले प्रहरीलाई भने अझै केही छ भने सोध्नुहोस्, किनकि म प्रोनोग्राफीको शिकार भएका सबै महिला कलाकारले न्याय पाउन् भन्ने चाहन्छु।” प्रहरीले आफूसँग पोर्न फिल्म कारोबारमा पक्राउ परेका राज कुन्द्रासँगको सम्बन्ध र उनीसँग काम गरेका प्रोजेक्टमा विषयमा सोधपुछ गरेको बताइन्।