२९०० विन्दु मुनि नेप्से, ६ अर्ब २ करोड बराबरको शेयर खरीदविक्री

माघ ५, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३८ दशमलव ३५ अंकले घटेको छ । नेप्से परिसूचक २ हजार ८९८ दशमलव ३१ विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका २२८ ओटा धितोपत्रको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता शेयर ८४ हजार २३३ पटकमा रू. ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ दशमलव शून्य ३ खरीदविक्री भएको छ । अघिल्लो कारोबार दिन मंगलवार भने ८ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । यो दिन कारोबारमा आएका ती धितोपत्र मध्ये दुई ओटा धितोपत्रको मूल्य उच्च दरमा वृद्धि भएको छ । यो दिन बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९७ प्रतिशत र सामलिङ पावर कम्पनीको शेयरमूल्य ९ दशमलव ९६ प्रतिशतका दरले वृद्धि भएको छ । बुद्धभुमि नेपालको शेयरमूल्य प्रतिकित्ता रू.२८७ दशमलव ८० र सामलिङ पावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.७१४ पुगेको छ ।  उता यो दिन सबैभन्दा बढी घलेम्दी हाइड्रोपावरका शेयरधनीले गुमाएका छन् ।कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ४ दशमलव ३४ प्रतिशत घटेसँगै सर्वाधिक गुमाएका हुन् । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.३५३ मा झरेको छ । त्यसैगरी कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यो दिन ४ दशमलव २३ प्रतिशत घटेर रू.१ हजार ३११ दशमलव १० कायम भएको छ । बुधवार सर्वाधिक शेयर खरीदविक्री भने अपि पावर कम्पनीको भएको छ । उक्त कम्पनीको रू. २० करोड ३२ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५४४ कायम भएको छ । कम्पनीको मंगलवार पनि सर्वाधिक शेयर खरीदविक्री भएको थियो । कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेकाले पनि सर्वाधिक शेयर खरीदविक्री भएको हो । त्यसैगरी दोस्रोमा अरुण भ्याली हाइड्रोपावरको रू.२० करोड ७ लाख ३९ हजार बराबरको शेयर खरीदविक्री भएको छ । बुधवार पनि नेप्सेमा करेक्सन आएको छ । लगातार केहि दिनदेखि बढेको बजारमा कारोबारीहरुले नाफा बुक गरेकाले करेक्सन आएको हो । छोटो समयममा नै नेप्से परिसूचक लगभग ७०० अंकले बढेको छ । सोही कारण पनि बजारमा करेक्सन आएको हो । यस अवधिमा अल्पकालिन लगानीकर्ता तथा कारोबारीहरुले राम्रै प्रतिफल प्राप्त गरेका छन् ।   लगातारजसो बढेको बजारमा करेक्सन आउनुलाई बजार विश्लेषकहरुले सामान्य भएको बताएका छन् । करेक्सनपछि बजार थप सबल र स्वस्थ हुने उनीहरुको भनाइ छ ।  

सम्बन्धित सामग्री

सिन्धुलीमा २ करोड ३५ लाख राजस्व संकलन

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आर्थिक वर्ष २०७८/७९ मा २ करोड ३५ लाख राजस्व संकलन गरेको छ । राहदानीबाट २ करोड २७ लाख ९० हजार, प्रशासनिक दण्ड जरिवानाबाट ४ लाख २९ हजार, हात हतियार नवीकरणबाट २१ हजार र अन्य सेवा शुल्क मार्फत २ लाख ७७ हजार ६ सय ५० गरी जम्मा २ करोड ३५ […]

सर्वोच्च अदालतसहित मातहतका ८२ निकायमा २ करोड बेरुजु

सर्वोच्च अदालत र मातहतका निकायमा करोडौं रुपैयाँ बेरुजु रहेको पाइएको छ । महालेखापरीक्षकले कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सर्वोच्च मातहतका ८२ निकायमा २ करोड बेरुजु देखिएको हो । कार्यालयले सार्वजनिक गरेको ५९ औं वार्षिक प्रतिवेदनअनुसार सर्वोच्च अदालत र मातहत समेतका निकायमा २ करोड ४ लाख रुपैयाँ बेरुजु देखिएको हो ।सर्वोच्च अदालत र मातहत समेतका ८२ निकायमा सुरूमा २ करोड ५ लाख ४३ हजार रुपैयाँ बेरुजु देखिएको थियो । प्रारम्भिक प्रतिवेदन देखाएपछि भने सर्वोच्च अदालत र मातहतका निकायले ६६ हजार रुप

रेडपाण्डाका लागि २ करोड २ लाख बजेट

हिमाली संरक्षण मंञ्चले रेडपाण्डा संरक्षण अभियानका लागि ताप्लेजुङमा २ करोड २ लाख रुपैयाँ बजेट रहेको बताइएको छ। रेड पान्डा नेटवर्कको सहयोगमा संरक्षण मञ्चले २०२२ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा उक्त रकम...

वैदेशिक रोजगारीमा ठगिएकालाई २ करोड रुपैयाँ क्षतिपूर्ति

सुरक्षित आप्रवासन (सामी) परियोजना तनहुँले वैदेशिक रोजगारीका क्रममा ठगिएकालाई २ करोड ४ लाख ६५ हजार रुपैयाँ क्षतिपूर्ति दिलाएको छ ।

स्थानीय तहको चुनावमा २ करोड मतपत्र छापिने

निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा २ करोड मतपत्र छाप्ने तयारी गरेको छ।...

विमानस्थलबाट २ करोड बढीको सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले २ करोड बढी मूल्यको सुन बरामद गरेको छ । श्री एयरलाइन्सको विमानबाट विराटनगर जान लागेका दुई यात्रुको साथबाट अवैध सुन बरामद भएको हो । आन्तरिक उडानतर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा चेकजाँच गर्ने क्रममा बोध राज भण्डारी र  मुरारी राज अधिकारी साथबाट २ करोड २४ लाख ९२ हजार ३९७ रुपैयाँ बराबरको सुनका गहना बरामद भएको हो । सुनको  कुल  तौल ३ किलो ३६० ग्राम रहेको बताइएको छ । यसबारे थप अनुसन्धान भइरहेको विमानस्थल प्रहरीले जनाएको छ।

असोजसम्म २ करोड खोप पक्काः स्वास्थ्य राज्यमन्त्री

काठमाडौं, साउन १९। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले असोजसम्ममा २ करोड खोप आउने पक्का भएको बताएका छन् । २३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै उनले सरकारले खरीद गरेको र कोभ्याक्स सुविधाअन्तर्गतको गरी उक्त मात्रामा खोप आउने सुनिश्चित भएको बताए । २३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै असोजसम्म २ करोड र माघसम्म ५ करोड २२ लाख खोप आउने सुनिश्चित […]

यातायातबाट २ करोड बढी राजस्व

लमजुङमा यातायात सेवा सुरु भएको पहिलो आर्थिक वर्षमा २ करोड बढी रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको असोज पहिलो सातादेखि सुरु भएको यातायात सेवा प्रवाहबाट असार मसान्तसम्मको अवधीमा २ करोड ४२ लाख २६ हजार ५ सय ३ रुपैयाँ राजस्व संकलन भएको हो ।जिल्लास्थित पूर्वाधार विकास कार्यालयमार्फत असोजको ४ गतेबाट यातायातसम्बन्धी सेवा प्रवाह […]