सीमावर्ती जोगवनी बजारबाट उपभोग्य वस्तुका नाममा सर्वसाधारण र व्यापारीले भन्सार नतिरी दिनहुँ करोडौं मूल्यका सामान ल्याउँदा विराटनगर बजार सुनसान भएर व्यापारी पलायन हुन थालेको भन्दै विराटनगर महानगरपालिकाको पहलमा स्थानीय प्रशासनले साउन १ गतेदेखि नाकामा कडाइ गर्ने तयारी गरेको छ ।