नेपाल आउने विदेशी नागरिकले कुन-कुन सामान ल्याउँदा हुन्छ भन्सार छुट ?

आज विश्व पर्यटन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईदैछ । नेपालमा वर्षेनी लाखौं विदेशी पर्यटकहरु घुम्ने आउने गर्दछन् । तर, पर्यटकहरुले नेपाल आउँदा के के सामान ल्याउन पाईन्छ ? भन्ने कुरा थाहा नहुँदा विमानस्थलबाट बढी भएको समान जफत हुने गरेको छ । विदेशी नागरिक नेपाल आउँदा प्रायः हातमा हुने एउटा वस्तु हो, बाइनाकुलर (दूरविन) […]

सम्बन्धित सामग्री

अमेरिकामा भन्सार छुट पाएका वस्तुको निर्यात न्यून

अमेरिकाले स्वदेशी वस्तुको निर्यातमा सहुलियतस्वरूप ७७ वस्तुको निर्यातमा भन्सार छुटको व्यवस्था गरेको थियो । माग अनुसार व्यवसायीले सामान निर्यात गर्न नसक्दा निर्यात न्यून देखिएको छ ।

क्षति भएका जलविद्युत कम्पनीले समयमै वीमा भुक्तानी पाउनु पर्छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा प्रकाश शरण महतले जलविद्युत कम्पनीहरुले वीमा बापतको रकम नपाउने समस्या व्याप्त रहेको बताउँदै क्षति भएका सबै आयोजनाले बिमा बापतको भुक्तानि पाउनु पर्ने बताएका छन् । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल इप्पानले आयोजना गरेको जलविद्युत वीमा नीति र दृष्टिकोण बिषयक अन्तरकृया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘पछिल्ला केही दशकमा साना भनिएका जलविद्युत कम्पनीहरु पनि अहिले ठुला भइसकेका छन् । तर, समस्या रहित भने छैनन् । आयोजनाहरु समस्यामा जान नदिन सरकार प्रयासरत छ । कहिले बाढी पहिरोको समस्या त कहिले अन्य विभिन्न खालका समस्या जलविद्युत आयोजनाहरुले बेहोर्दै आएका छन्,' उनले भने ।  नन ट्यारिफमा लैजान प्राधिकरणलाई महतको निर्देशन अर्थमन्त्री महतले जलविद्युत आयोजनाको वीमा पोलीसीलाई नन ट्यारिफमा लैजान निर्देशन समेत दिएका छन् । कार्यशालामा बोल्दै अर्थमन्त्री डा. महतले खुल्ला बजार नीति अनुरुप जलविद्युत आयोजनाको वीमा हुनुपर्ने बताएका हुन् । जोखिम ट्रान्सफर गर्न वीमा गरिने भन्दै अर्थमन्त्री महतले सबैलाई एकैपटक समस्या नआउने र समस्या आएकोले समयमै रिटर्न पाउनुपर्नेमा जोड दिए। क्षति बेहोरेका आयोजनाहरुले ९/१० महिना बितिसक्दा पनि वीमा बापतको रकम नपाएको भन्ने कुराहरु सुन्नमा आएको छ । त्यसैले समयमै भुक्तानी दिनका लागि सम्बन्धीत निकायको ध्यानाकर्षण गराउन चाहान्छु,’ उनले भने । जोखिम परेमा त्यसबाट जोगिनका लागि वीमा गरिने र सबै आयोजनाहरु एकै पटक जोखिममा नजाने भएकाले जे जति आयोजनाको क्षति भएको छ त्यस्ताको समयमै भुक्तानी हुनु पर्नेमा उनले जोड दिए ।  'ट्यारिफ र ननट्यारिफ भन्ने यो गलत अभ्यास भयो । बजारलाई स्वतन्त्र छोडिदिनुस ।' उनले भने, 'मार्केट रेटमा जानुस । रियल रिस्क के हो, त्यसको आधारमा जानुस । थोरै रिस्क हुनेले पनि धेरै तिर्ने कुरा जायज भएन ।'  'तत्कालै रिटर्न आओस र दिन कहिलेइ नपरोस भन्ने सोच वीमा कम्पनीमा छ, अरु तिर पनि छ ।' उनले भने, 'मार्केटमा रहिरहने हो भने लेउ पनि र देउ पनि। होइन भने त्यस्तो बिजनेश लङ्टर्म जाँदैन।' २०४६ पछि निजी क्षेत्र लाई खुला गर्दा यो क्षेत्रमा प्रवेश गरेका ऊर्जा उद्यमीहरुले अहिले ठूला ठूला आयोजना बनाइ रहेकोमा महतले खुशी व्यक्त गरे । वन र वातावरण का मुद्दा सहज बनाउन सरकारले छलफल गरिरहेको भन्दै महतले भने 'बसाइँसराइका कारण जंगल बढेको बढेइ छ । यति रुख काट्दा यति रुख लगाउनै पर्ने भन्ने पुरानो तरिका अहिलेको अवस्थामा ठिक छैन । अहिले त ४५ प्रतिशतबाट बढेर वनको क्षेत्रफल ४७ प्रतिशत पुगीसकेको छ ।' बाढी प्रभावित आयोजनाले भन्सार छुट नपाएको विषयमा केही डकुमेन्ट नपुगेको भन्दै अर्थमन्त्री महतले भने, 'कसको के के सामानमा क्षति भएको हो? अव के कति सामान चाहिएको हो? यसको मास्टर लिस्ट आएपछि क्याबिनेटबाट निर्णय गर्नुपर्छ ।' मेसिनरी उपकरणमा भ्याट छुट दिने विषयमा अबको बजेटमा व्यापक छलफल गरेर निर्णय लिने पनि महतले  बताए। कार्यक्रममा इप्पानले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री महतले पुनर्कर्जाको सीमा बढाउने विषय र वित्तीय व्यवस्थापन हुन नसकेका आयोजनाको विषयमा राष्ट्रबैंकसँग कुरा गर्ने पनि प्रतिवद्धता जनाएका थिए ।

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं।सामाजिक सुरक्षाकोषमा आवद्ध भएका वैदेशीक रोजगारबाट फर्कने जोसुकैले जुनसुकै आकारको टीभी ल्याउन पाउने भएको छ भने टीभी र मोबाइलमा भन्सार छुट हुने भएको छ।विदेशी मुद्राको सञ्चिती बढेसँगै एकपटकमा ६० हजार डलरको सामान ल्याउन पाइने भएको छ।एमडीएमएस प्रणालीमा फोन दर्ता गर्न पाउने समय साउन मसान्तसम्म लम्बाइएको छ। चुरोट बेचेरै सूयै नेपालले एक वर्षमा २७ अर्ब रुपैयाँ आम्दानी गरेको छ।

विदेशबाट कुन सामान कति ल्याउँदा भन्सार महसुल छुट हुन्छ ?

विदेशबाट फर्किएका नेपाली यात्रुले ल्याएका के–के सामग्री र कति परिमाणका सामग्रीमा भन्सार छुट हुन्छ भन्ने विषयमा कतिपयलाई द्विविधा भएको पाइन्छ । सोही कारण कतिपय नेपाली यात्रुले विदेशबाट फर्कंदा तोकिएकोभन्दा बढी परिमाणमा...

विदेशबाट नेपाल आउँदा कुन सामानमा कति भन्सार, कुनमा छुट ?

पछिल्लो समय विदेसिबाट फर्कंदा ल्याउने सामानमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले कडा निगरानी गर्न थालेको छ । विदेशबाट त्रिभुवन विमानस्थल हुँदै नेपाल आउने यात्रुहरुले प्रचलित कानूनले दिएको सुविधाभन्दा बढी परिमाणमा सुन, सुनका गहना, मोबाइल फोन, ल्यापटप ल्याउँदा विमानस्थलमै छाड्नुपर्ने हुन्छ वा महंगो भन्सार शुल्क बझाउनुपर्छ । भन्सार लाग्ने र भन्सार छुट भएका सामान तथा वस्तुका बारेमा […]

विदेशबाट फर्कनेलाई के के सामानमा भन्सार छुट ?

काठमाडौं : नेपालीहरुको महान चाड दशैँ नजिकिँदै छ। त्रिभुवन विमानस्थलमा दशैँ मनाउन स्वदेश फर्कनेको चाप बढ्दाे छ।वैदेशिक रोजगारीमा रहेका र विदेशमा अस्थायी बसोबास गर्दै आएका नेपालीले स्वदेश फर्किंदा आफन्तका लागि महँगो ब्रान्डका रक्सीसहित टीभी, मोबाइल फोन, ल्यापटप, सुन–चाँदीका गहना लगायतका सामग्री लिएर आउने गरेका छन्।यसरी विदेशबाट आउनेले निश्चित परिणामका सामानलाई सरकारले भन्सार छुटको व्यवस्था गरेको छ। तर, सरकारले तोकेको भन्दा बढी सामान ल्याएको खण्डमा भन्सार तिर्नुपर्ने हुन्छ। कतिपयलाई

विदेशमा बस्ने नेपालीले दसैँ मनाउन नेपाल फर्किंदा के-के ल्यउन पाउँछन् ?

विदेशबाट कति सामान ल्याउँदा भन्सार छुट पाइन्छ र कति ल्याउँदा पाइँदैन भन्ने जानकारी धेरै नेपालीलाई छैन । जसका कारण उनीहरूलाई विमानस्थलमा समस्या पर्ने गरेको छ ।

प्रधानमन्त्री पुत्रलाई पोस्न स्यानेटरी प्याडमा छुट

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले जयवीरसिंह देउवाको कम्पनीलाई फाइदा पुग्नेगरी स्यानेटरी प्याड आयातमा भन्सार छुट दिएको आशंका गरिएको छ । जयवीरसिंह प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा हुन् । जयवीरले स्थापना गरेको कम्पनी ब्लुप्रिन्ट ट्रेडिङले विभिन्न सामान आयात र बिक्रीवितरण गर्दै आएको छ । यो कम्पनीले अहिले भन्सार छुट सुविधा पाएको स्यानेटरी प्याडको आयात पनि गर्दै आएको […]

छुटमा आयातीत मेडिकल सामग्री सुलभ मूल्यमा बेच्न निर्देशन

सरकारले मेडिकल सामान आयात गर्दा भन्सार छुट दिएको छ । कोभिडको बढ्दो संक्रमणको बेला मेडिकल सामान आपूर्तिलाई बढावा दिनका लागि सरकारले आयातमा भन्सार छुट दिएको हो । तर मेडिकल सामानमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य रुपमा सार्वजनिक गरी सर्वसुलभ मूल्यमा गर्नुपर्ने व्यवस्था समेत सरकारले गरेको छ ।मेडिकल सामान आयात गर्दा भन्सार छुट दिएकाले ती सामानमा […]

सामान जफत विमानस्थलमा, आक्रोश सामाजिक सञ्जालमा

काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार छुट पाउनेभन्दा बढी विदेशबाट ल्याइएका सामान धमाधम जफत हुन थालेपछि त्यसको समर्थनभन्दा विरोध नै बढी भइरहेको छ। सामाजिक सञ्जालमा कसले के भने?