नेपाली काँग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य मन्त्री भवानी खापुङलाई भेटेर स्वास्थ्य बीमाको दायरा कम्तिमा १० लाख बनाउन आग्रह गरेका छन् ।शुक्रबार दिउँसो मन्त्री खापुको कार्यकक्षमा पुगेर भेटेर बीमा सेवा सहज र गुणस्तरीय बनाउन, जनशक्ति-पूर्वाधार व्यवस्थापनको लागि एकीकृत पूर्वाधार मापदण्ड कार्यान्वयन लगायतका विषयमा छलफल गरेका हुन् ।साथै थापाले बीमालाई सहज बनाउन अनुरोध गरेका थिए । स्वास्थ्य मन्त्रीले सकारात्मकरूपले लिएको तथा पहल गर्ने बताएका थापाले बताए ।