काठमाडाैं : नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले वर्तमान सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यावसायिक बीमाको रुपमा बुझिरहेको आरोप लगाएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यावसायिक नबनाई सामाजिक सुरक्षाको स्वास्थ्य बीमा बनाउनुपर्ने बताएका हुन्। उनले स्वास्थ्य बीमाको दायरा पनि बढाउन आवश्यक रहेको भन्दै १ लाखबाट अब १० लाख बनाउनुपर्ने बताए। उनले वर्तमान सरकारले ६ अर्बभन्दा बढीकोरोनाको बीमा रकम भुक्तानी गर्न आनाकानी