काठमाण्डाै - नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यावसायिक बीमाको रुपमा बुझिरहेको आरोप लगाउनुभएको छ।
आज प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यावसायिक नबनाइ सामाजिक सुरक्षाको स्वास्थ्य बीमा बनाउनुपर्ने बताउनु भयो ।
सांसद भट्टराईले स्वास्थ्य बीमाको दायरा बढाउन आवश्यक रहेको भन्दै १ लाखबाट अब १० लाख रुपैयाँ बनाउनुपर्ने बताउनु भयो । उहाँले वर्तमान सरकारले ६ अर्बभन्दा बढी कोरोनाको बीमा रकम भुक्तानी गर्न ...