नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङलाई स्वास्थ्य बीमाको दायरा कम्तीमा १० लाख बनाउन सुझाव दिएका छन् । थापाले बिहीबार मन्त्रालयमै पुगेर स्वास्थ्यमन्त्री खापुङसँग भेटवार्ता गरी स्वास्थ्य क्षेत्रको सेवा सुधार र विस्तारका लागि तीन सुझाव दिएका हुन् ।