काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले पोलहरूमा भएको अव्यवस्थित तार व्यवस्थापन गर्नमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट असहयोग भएको भन्दै महानगरले आफ्नै अधिकार प्रयोग गरी तार व्यवस्थापन गर्ने बताएका छन्।शुक्रबार सामाजिक सञ्जालबाट तार व्यवस्थापन गर्दा इन्टरनेट लगायत सेवा अवरुद्ध हुन सक्ने कारणदेखि यस्तो कार्य नगर्न आदेश प्राप्त भएको जानकारी उनले दिएका हुन्।उनले भनेका छन, ‘हामीले १५ दिन पहिले सडकको पोलमा रहेको तारको व्यवस्थापन गर्न भनेर सूचना जारी गरेका थियौँ। यसबीच पनि यो