धितोपत्र बोर्डले कमोडिटी एक्स्चेन्ज मार्केटसम्वन्धी नीतिगत एवम् प्रकृयागत व्यवस्थासम्वन्धी निर्देशिका २०७८ आजबाट लागू गरेको छ।
जसअनुसार कम्पनीको चुक्ता पुँजी न्यूनतम १ अर्ब ५० करोड र २ अर्ब रुपैयाँ तोकिएको छ।
नयाँ ब्रोकरको लाईसेन्स खुलेको २३ औ दिनमा बल्ल पहिलो आवेदन परेको छ। नेपाल धितोपत्र बोर्डका अनुसार हिजो असोज २४ गते सोमबार ब्रोकरको लागि पहिलो आवेदन आएको हो।बोर्डका अनुसार हिमालयन ब्रोकरेज लिमिटेड नामक कम्पनीले ब्रोकर लाईसेन्सको लागि पहिलो आवेदन दिएको हो । बोर्डले असोज २ गते ब्रोकर लाइसेन्सको लागि आवेदन खुलाएको हो । बोर्डले योग्य तथा इच्छुक कम्पनीलाई ३० दिन भित्र आवेदन दिन आग्रह गरेको छ ।त्यस्तै ब्रोडले नयाँ स्टक एक्सचेन्ज, नयाँ स्टक डिलर , र कमोडिटी एक्सचेन्जको लागि पनि लाईसेन्स खुला गर्दै असोज २ गते नै सूचना प्रकाशन गरेको थियो । तर हालसम्म स्टक एक्सचेन्ज, स्टक डिलर र कमोडिटी एक्सचेन्जको लागि कुनै पनि आवेदन नपरेको बोर्डले जनाएको छ।बोर्डले स्टक ब्रोकर र स्टक डिलरको हकमा सूचना प्रकाशन भएको मितिले ३० दिन भित्र आवेदन दिईसक्न आग्रह गरेको छ । त्यस्तै स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको हकमा भने सूचना प्रकाशन भएको ४५ दिन भित्र आवेदन दिन भनेको छ।बोर्डले निजि लगानीको स्टक लाईसेन्सलाई लाईसेन्स दिनको लागि केहि समय अगाडी मात्र धितोपत्र बजार संचालन नियमावली २०६४ मा संशोधन गरेको थियो । जस अनुसार नयाँ खुल्ने स्टक एक्सचेन्जको पुँजी ३ अर्ब तोकिएको छ भने निजि कम्पनीले भने स्टक एक्सचेन्जको शेयर धारण गर्न सक्ने ब्यबस्था गरिएको छ ।त्यस्तै बोर्डले नयाँ ब्रोकर लाईसेन्स खुलाउन धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यवसायी) नियमावली २०६४ मा पनि संशोधन गरेको थियो । संशोधन अनुसार नियमावली लागु भएपछि लगत्तै र त्यसपछि हरेक ३ वर्षमा अध्ययन गरेर ब्रोकर लाइसेन्स खुलाउने उल्लेख छ । त्यस्तै संशोधित ब्यबस्थाले ३ तहको ब्रोकरको ब्यबस्था गर्दै चुक्ता पुँजी पनि बढाएको छ । यद्यपि हाल भईरहेका ब्रोकरले भने २०८२ असार मसान्तसम्म बोर्डले तोकेको चुक्ता पुँजी पुर्याउन सक्ने छन् ।
वस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज) सञ्चालनका लागि एक अर्ब ५० करोडदेखि २ अर्बसम्म रुपैयाँसम्म चुक्ता पुँजी हुनुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रकृयागत व्यवस्था सम्बन्धी निर्देशिका—२०७८ लागू गर्दै एक्सचेन्जहरुलाई कारोबार गर्ने वस्तुका आधारमा चुक्ता पुँजी तोकेको हो ।निर्देशिकामा वस्तु विनिमयसम्बन्धी नियमावली २०७४ को अनुसूची […]
नेपाल धितोपत्र बोर्डले वस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज) का लागि न्यूनतम एक अर्ब चुक्ता पुँजी राख्न प्रस्ताव गरेको छ । वस्तु विनिमय बजार संचालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रकृयागत व्यवस्था सम्बन्धी निर्देशिका—२०७७ को मस्यौदा सार्वजनिक गर्दै बोर्डले कारोबार हुने वस्तुहरु प्रकृतिको आधारमा १ अर्बदेखि २ अर्बसम्म पुँजीको व्यवस्था प्रस्ताव गरेको हो ।वस्तु विनिमय […]
२३ चैत, काठमाडौं । ८० करोड रुपैयाँ चुक्ता पुँजी सहित बस्तु विनिमय बजारको रुपमा सञ्चालन आउन मल्टि डेरिभेटिभ्स एक्सचेन्ज (एमडिएक्स) नेपालले धितोपत्र बोर्डमा आवेदन गरेको छ ।
स्वेडा इन्भेष्टमेन्ट कम्पनीको संयोजनामा सानिमा बैंक, जनता बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सनराइज बैंक, एनसीसी बैंक, एनएमबी बैंक, महालक्ष्मी विकास बैंक संस्थापक लगानीकर्ताको रुपमा …