साउन ३१, काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकले ३० प्रतिशत अर्थात् १० : ३ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनमति पाएको छ ।
कम्पनीले रू. १०० अंकित दरको २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता हकप्रद शेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । धितोपत्र बोर्डबाट कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि साउन ३१ गते अनुमति दिएको हो ।
विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ८१ करोड ११ लाख २१ हजार रहेको छ । उक्त हकप्रद शेयर निष्कासनपछि कम्पनीको पूँजी रू. १ अर्ब ५ करोड ४४ लाखभन्दा बढी पुग्नेछ ।