‘आरबीबी म्युचुअल फन्ड १’ लाई नेपाल धितोपत्र बोर्डले दियो अनुमति

काठमाडौं । ‘आरबीबी म्युचुअल फन्ड १’ लाई नेपाल धितोपत्र बोर्डले निष्काशन तथा बिक्री गर्नका लागि अनुमति दिएको छ ।  यो योजनाको आकार १ अर्ब र समया ७ बर्षको रहनेछ । कोष प्रवर्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरबीबी मर्चेन्ट बैकिङ्ग लिमिटेड हुने गरी आरबीबी म्युचुअल फन्ड’अन्र्तगत संचालन हुने बन्दमुखी योजना आरबीबी म्युचुअल फन्ड १’ नामको योजनालाई नेपाल धितोपत्र बोर्डले निष्काशन तथा बिक्री गर्नका लागि अनुमति दिइएको हो ।