तुुइनमा सामान ढुवानी गरेको भाडा तिर्न बाध्य

सिमकोट – कर्णाली नदीमा लगाइएको तुुइनमा सामान ढुवानी गरेको भाडा लिने गरेको पाइएको छ। सो क्षेत्रको कर्णाली नदीमाथि पुुल पनि नभएकाले तुुइनमा सामान ढुवानी गरेर नदी पार पर्नुपर्ने बाध्यता हुँदा स्थानीयले व्यक्तिगत रूपमा निर्माण गरेको तुुइनको भाडा लिने गरिएको हो। निर्माण व्यवसायीले सर्केगार्ड र चंखेली गाउँपालिकाको सिमाना सलीसल्लामा स्थानीयले निर्माण गरेर प्रयोगमा आएको तुुइनमा सामान […]

सम्बन्धित सामग्री

ढुवानी व्यवसायीलाई भ्याटमा दर्ता हुन ताकेता

काठमाडौं । ढुवानी सेवा गर्ने करदातालाई अनिवार्य रूपमा भ्याटमा दर्ता हुन आन्तरिक राजस्व विभागले ताकेका गरेको छ । आर्थिक ऐन २०८० अनुसार ढुवानी साधनको भाडा तथा ढुवानी सेवामा मूल्य अभिवृद्धि कर लाग्ने कानूनी व्यवस्था छ । ढुवानी सेवाप्रदायकले ढुवानी सेवा प्रदान गर्दा वस्तु तथा सेवाको बिजक अनिवार्य साथमा राख्नुपर्छ । सोहीकारण मूल्य अभिवृद्धि करको सीमा नाघेका व्यक्तिले समयमै मूल्य अभिवृद्धि करमा दर्ता भएर कानूनअनुसार कारोबार सञ्चालन गर्न आन्तरिक राजस्व विभागले ताकेता गरेको छ । यस वर्षको बजेटले आफ्नो सवारीसाधन ढुवानीको कार्यमा लगाएमा उक्त सेवामा भ्याट लाग्ने प्रावधान गरेको हो । ढुवानी साधनको साथमा वस्तु तथा सेवाको बीजक नरहेको गुनासो आइरहेको भन्दै विभागले यस्तो ध्यानाकर्षण गराएको विभागका निर्देशक राजुप्रसाद प्याकुेलले जानकारी गराए । आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयबाट खटिने टोलीले कानूनको परिपालना भएको पाइएमा कानूनअनुसार कारवाही हुने समेत विभागले जानकारी दिएको छ । ढुवानी व्यवसायीहरूले भने विरोध गरिरहेका छन् । दुवानी व्यवसायी समिति रूपन्देहीका कार्यवाहक अध्यक्ष माधवप्रसाद आचार्यले सरकारले अघिल्लोपटक अव्यावहारिक भएको भनेर तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खारेज गरेको प्रावधान पुन: ल्याएर ढुवानी व्यवसाय धारायशी बनाउन लागेको बताएका छन् । उनका अनुसार ढुवानी व्यवसायीहरूको असहमतिका हुँदाहुँदै पनि पुन: वर्तमान सरकारले भ्याट लगाउँदा व्यवसाय नै संकटमा पर्ने र पलायन हुने अवस्था आउनसक्छ । ढुवानी व्यवसाय भनेको उद्योगी, व्यापारी, फर्म र ट्रकलगायत मालवाहक सवारीसाधनहरूबीच मध्यस्थकर्ता मात्र हो । एउटै ढुवानीका साधनमा सबै प्रकारका सामान लोड गरेर हिँड्नुपर्ने र ती कतिपय सामानमा भ्याट नलाग्ने हुँदा आफूहरूले सामान ढुवानी गर्दा भाडामा भ्याट लगाउन नसकिने उनको दाबी छ । ‘सरकारले ढुवानी सेवामा हचुवाको भरमा भ्याट लगाउँदा आम उपभोक्तालाई थप करको भार पर्छ र कतिपय अवस्थामा ठेला, बैलगाडा, रिक्सा, घोडा, खच्चड, भरिया, बस, हेलिकोप्टर आदि माध्यमबाट समेत ढुवानी गर्नुपर्ने बाध्यता रहेको हुँदा त्यो अवस्थामा सरकारको निर्णय कसरी कार्यान्वयन हुने हो ? त्यसमा सरकारले स्पष्ट पार्न सकेको छैन,’ उनले भने ।

चामलको मूल्य एक हजार ८००, ढुवानी भाडा २५ सय

डोल्पा  : सदरमुकाम दुनैमा २५ केजीको चामलको मूल्य एक हजार ८०० पर्छ। यही चामल उपल्लो डोल्पामा पुर्‍याउँदा दुई हजार ५०० पर्छ। एक क्विन्टल ढुवानी गर्दा १० हजार खर्च गर्नुपर्छ। उपल्लो डोल्पामा सामान ढुवानी गर्दा सर्वसाधारण सास्ती खेप्दै आएका छन्। उपल्लो डोल्पामा रहेका तीन पालिकामा भौतिक संरचना निर्माणदेखि विकास निर्माण सबै काम गर्दा सामानको मूल्यभन्दा ढुवानीको मूल्य बढी पर्दा समस्या हुने गरेको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले बताए।छार्काताङसुङ, डोल्पोबुद

भारतीय मालवाहकले लैजान्छन् मासिक करोडौं भाडा

नेपाली उद्योगी–व्यवसायीका सामान लिएर आउने भारतीय मालवाहक सवारीसाधनले ढुवानी भाडाबापत महिनामै करोडौं रुपैयाँ लैजाने गरेका छन् । तेस्रो मुलकबाट कोलकाता बन्दरगाह हुँदै नेपाल भित्रिने सामान, भारतीय तयारी वस्तु तथा कच्चा पदार्थ लिएर दैनिक सयौंंको संख्यामा भारतीय मालवाहक सवारीसाधन नेपाल आउँछन् । ती सवारीसाधनले नेपाल–भारत सीमा नाकाहरुमा मात्र होइन, सोझै नेपालका प्रमुख बजारसम्म सामान ढुवानी गर्दै […]

दुर्गम रहेन म्याग्दीको पात्ले गाउँ

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेका भीमबहादुर रोका आगनबाटै गाडी चढ्न पाउँदा दङ्ग परेका छन् । ‘यातायात सुविधाले सुगम बन्न थालेको महसुस गरेका छौँ, उनले भने, ‘कल्पना पनि नगरेको पहाड छिचोलेर बनेको सडकमा गाडी चढेर हिँड्न पाउँदा दङ्ग परेका छौँ ।’ खच्चर र भरियाबाट सामान ढुवानी गर्दै आएका रोकाले गाडी र ट्याक्टर चल्न थालेपछि भाडा सस्तिएको […]

९ लाखसम्म बढ्यो कन्टेनरको भाडा

कोरोना महामारी शुरू भएयता चीनतर्फका दुवै (केरुङ र तातोपानी) नाका सहज सञ्चालन नहुँदा आयातकर्ताले कन्टेनर ढुवानीमा चर्को भाडा तिर्नुपरेको छ । कोभिडपछि सामान ढुवानी गर्दा प्रतिकन्टेनर भाडा करीब ९ लाख रुपैयाँसम्म बढेको व्यापारीहरूले बताएका छन् । नाका सहज नहुँदा व्यापारीले वैकल्पिक बाटो हुँदै सामान ल्याउने गरेका छन्, जसले ढुवानीको भाडादर महँगिएको छ ।आयातकर्ताका अनुसार कोरोना महामारी शुरू हुनुअघि चीनबाट ६८ क्युबिक मिटर (सीबीएम)को एक कन्टेनर सामान ढुवानी गरी काठमाडौंसम्म ल्याइपुर्‍याउँदा भारतीय बाट

सामान आयातमा ९ लाखसम्म बढ्यो कन्टेनरको भाडा

काठमाडौं । कोरोना महामारी शुरू भएयता चीनतर्फका दुवै (केरुङ र तातोपानी) नाका सहज सञ्चालन नहुँदा आयातकर्ताले कन्टेनर ढुवानीमा चर्को भाडा तिर्नुपरेको छ । कोभिडपछि सामान ढुवानी गर्दा प्रतिकन्टेनर भाडा करीब ९ लाख रुपैयाँसम्म बढेको व्यापारीहरूले बताएका छन् । नाका सहज नहुँदा व्यापारीले वैकल्पिक बाटो हुँदै सामान ल्याउने गरेका छन्, जसले ढुवानीको भाडादर महँगिएको छ । आयातकर्ताका अनुसार कोरोना महामारी शुरू हुनुअघि चीनबाट ६८ क्युबिक मिटर (सीबीएम)को एक कन्टेनर सामान ढुवानी गरी काठमाडौंसम्म ल्याइपुर्‍याउँदा भारतीय बाटो प्रयोग गरे पनि ढुवानीमा करीब ६ लाख रुपैयाँ खर्च पथ्र्यो । तर कोभिडपछि चीन सरकारले नाका सहज रूपमा नखुलाउँदा व्यापारीहरूले वैकल्पिक मार्गको प्रयोग गरी भारतको विशाखापत्तनम् र कोलकाता बन्दरगाह हुँदै ल्याउने गरेका छन्, जसले गर्दा ढुवानी खर्च ९ लाख रुपैयाँले बढेर १५ लाखसम्म पुगेको उनीहरूको भनाइ छ । उत्तरी नाकामा अवरोध भएपछि वैकल्पिक मार्गको प्रयोग गर्नुपरेको व्यापारीहरू बताउँछन् । उत्तरी नाकाकै प्रयोग गरी सामान आयात गर्दा पनि अहिले ढुवानी भाडा चर्को पर्ने गरेको बताइएको छ । रसुवागढीबाट सीधै काठमाडौंमा सामान आयात गर्दा ढुवानीमा कोभिड अघिसम्म ५ लाख रुपैयाँ लाग्ने गरेकोमा अहिले बढेर ९ लाख रुपैयाँसम्म पुगेको राष्ट्रिय व्यापार संघका उपाध्यक्ष तथा लामो समयदेखि चीन–नेपाल व्यापारमा संलग्न रामचन्द्र पराजुलीले बताए । यसअघि सामान्य अवस्थामा उत्तरी नाकाबाट दैनिक १५० भन्दा बढी कन्टेनर सामान नेपाल भित्रने गर्दथ्यो । महामारीपछि नाकामा अवरोध भएपछि अहिले दैनिक ७ देखि १० कन्टेनर मात्र भित्रिने गरेको रसुवागढी भन्सार कार्यालय प्रमुख डा. रामप्रसाद मैनालीले जानकारी दिए । सरकारको उच्चस्तरीय निकायले नै चीन सरकारसँग संवाद/समन्वय नगर्दासम्म समस्याको समाधान नहुने उनको भनाइ छ । नेपालको कमजोर कूटनीतिका कारण २ वर्षदेखि सामान नाकामै अड्किएको उनले बताए । समस्या समाधानका लागि भन्सार विभागसहित व्यापारिक संघ–संस्थाबाट पटकपटक प्रयास हुँदा पनि सकारात्मक परिणाम केही नआएको उनको भनाइ छ । यस्तै सरकारको कमजोर कूटनीतिकै कारण निजीक्षेत्र समस्याग्रस्त रहेको राष्ट्रिय व्यापार संघका महासचिव वैकुण्ठ दाहालले बताए । सरकारले कूटनीतिक पहल गरेर समस्याको समाधान गरेमा व्यापारमैत्री वातावरण बन्ने र उपभोक्ताले पनि सस्तोमा सामान किन्न पाउने अवस्था आउने उनको भनाइ छ । भाडादर वृद्धिको प्रभाव सामानको मूल्यमा कन्टेनरको भाडादर बढेपछि त्यसको प्रत्यक्ष प्रभाव चीनबाट आयात हुने सामानको मूल्यमा परेको छ । चीनबाट आयात हुने तयारी लत्ताकपडा, जुत्ता, चप्पल, बच्चाका खेलौना, कस्मेटिक सामान, फलफूल लगायत वस्तुको मूल्य करीब ८ प्रतिशतले बढेको व्यापारीहरू बताउँछन् । मूल्यवृद्धिका प्रत्यक्ष मार उपभोक्तालाई परेको छ । यसअघि बजारमा १५ सय रुपैयाँमा पाइने टिसर्टको मूल्य यतिबेला बढेर १६ देखि १७ सयसम्म पुगेको काठमाडौं मलमा फेन्सी कपडाको व्यापार गर्दै आएका नरेश न्यौपानेले बताए । ‘नाकामा भएको असहजताले ढुवानी भाडा बढ्दा सामान महँगिएको थियो । अहिले झन् इन्धनको मूल्य बढेको छ, त्यसले मूल्य थप बढ्ने देखिएको छ,’ उनले भने ।

बगरफाँट–बेनी जोड्ने बेलिब्रिज निर्माण गरिँदै

पर्वत । पर्वतको जलजला गाउँपालिका वडा नं २ तथा ३ बगरफाँट र म्याग्दीको सदरमुकाम बेनी जोड्ने बेलिब्रिज निर्माण गरिने भएको छ । बगरफाँट जोड्ने सडक बाढीले बगाएपछि सवारीसाधनमार्फत यात्रा र सामान ढुवानी गर्न आठ किलोमिटर दूरीको घुमाउरो सडक प्रयोग गर्न बाध्य हुनुपरेको स्थानीयको गुनासोपछि बेलिब्रिज निर्माण गर्न थालिएको हो । कालीगण्डकीमा आएको बाढीले गत असारमा माटेपानीमा एक सय मिटर सडक कटान गरेर बगाएपछि बेनीदेखि बगरफाँट जोड्ने सडक आठ महीनादेखि अवरुद्ध छ । पहाडको फेदीमा बाँध बनाएर सडक बनाउँदा म्याग्दीतर्फ कटान गर्ने र बाढीले सडक बगाएर लगानी खेर जाने भएपछि सडक पुनर्निर्माण भएको छैन । यसअघि पनि वर्षेनि हिउँदमा सडक बनाउने र बर्खामा बाढीले बगाउने गरेको थियो । प्राविधिक हिसाबले माटेपानीको भीरमा सडक निर्माण सम्भव नदेखिएपछि कालीपुलदेखि बगरफाँट जोड्ने पक्की मोटरेबल पुल र बेलिब्रिज जडानका लागि पहल गरिएको जलजला गाउँपालिका–३ का वडाध्यक्ष रवि भण्डारीले बताए । ‘बगरफाँटको यातायात समस्या लिएर म आफै प्रधानमन्त्री कार्यालय र राष्ट्रियसभा अध्यक्षकहाँ पुगेर आएको छ,’ उनले भने ‘प्रधानमन्त्री कार्यालयको निर्देशनमा सडक डिभिजन कार्यालय बागलुङका इञ्जिनियरहरूको टोलीले शुक्रवार बेलिब्रिज निर्माण स्थलको सम्भाव्यता अध्ययन गरेको छ ।’ तीन सयभन्दा बढी घरधुरीको बसोबास रहेको जलजला गाउँपालिकाका २ र ३ नम्बर वडामा पर्ने बगरफाँटका बासिन्दा म्याग्दी आवत जावत गर्ने कालीपुल जोड्ने झोलुंगे पुल पनि जीर्ण बनेको छ । मानिस झोलुंगे पुलबाट आवत जावत गरे पनि निर्माण सामग्री र दैनिक उपभोग्य सामान ढुवानी गर्न समस्या भएको बगरफाँटका बासिन्दा राम रकालले बताए । ‘बेनीबाट बगरफाँट सामान ढुवानी गर्न मल्लाज–बाँसखर्क हुँदै आठ किलोमिटर घुमाउरो सडक प्रयोग गर्दा महँगो भाडा तिर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘निर्माणाधीन निजी घर र सामुदायिक विकास आयोजनाको लागत बढेको छ । यसैबीच, सडक डिभिजन कार्यालय बागलुङका प्रमुख बलिराज मल्ल, इञ्जिनियर विजय शर्मा लगायतको टोलीले बेलिब्रिज राख्ने सम्भावित ठाउँको निरीक्षण गरेको छ । निर्माणस्थलमा जग्गा विवाद नभएको प्रतिबद्धता र प्राविधिक रूपमा उपयुक्त भएमा बजेट व्यवस्थापन गरेर बेलिब्रिज जडानको प्रक्रिया अघि बढाउने डिभिजन मल्लले जानकारी दिए।

नेपालगञ्ज–सिमकोटका लागि हवाई कार्गाेको भाडा घट्यो

सिमकोट – नेपालगञ्जबाट सिमकोटका लागि हवाई मार्गबाट ढुवानी हुने कार्गाे सामानको ढुवानी दर घटेको छ। प्रतिस्पर्धात्मक रूपमा एयरलाइन्सहरूले सामान ढुवानी गर्नुपर्ने भएपछि निजी एयरलाइन्सहरूले आ–आफ्नै किसिमले ढुवानी दर घटाएका छन्। तारा एयर नेपालगञ्जका कर्मचारी डम्बर रावतले सिमकोटका लागि कार्गाे सामानको ढुवानी दर घटेको जानकारी दिए। उनले घटेको ढुवानी दर प्रतिकेजी ११५ रुपैयाँ कायम भएको र […]

ट्रकको भाडा घट्यो

पथलैया–वीरगन्ज औद्योगिक करिडोर तथा वीरगन्ज नाकाबाट भित्रिएर देशभर सामान ढुवानी गर्ने ट्रकको ढुवानी भाडा घटेकोे छ । बजारमा बोक्ने वस्तुको कमी भएपछि प्रतिस्पर्धाका कारण ट्रकको भाडा घटेको हो ।