बगरफाँट–बेनी जोड्ने बेलिब्रिज निर्माण गरिँदै

पर्वत । पर्वतको जलजला गाउँपालिका वडा नं २ तथा ३ बगरफाँट र म्याग्दीको सदरमुकाम बेनी जोड्ने बेलिब्रिज निर्माण गरिने भएको छ । बगरफाँट जोड्ने सडक बाढीले बगाएपछि सवारीसाधनमार्फत यात्रा र सामान ढुवानी गर्न आठ किलोमिटर दूरीको घुमाउरो सडक प्रयोग गर्न बाध्य हुनुपरेको स्थानीयको गुनासोपछि बेलिब्रिज निर्माण गर्न थालिएको हो । कालीगण्डकीमा आएको बाढीले गत असारमा माटेपानीमा एक सय मिटर सडक कटान गरेर बगाएपछि बेनीदेखि बगरफाँट जोड्ने सडक आठ महीनादेखि अवरुद्ध छ । पहाडको फेदीमा बाँध बनाएर सडक बनाउँदा म्याग्दीतर्फ कटान गर्ने र बाढीले सडक बगाएर लगानी खेर जाने भएपछि सडक पुनर्निर्माण भएको छैन । यसअघि पनि वर्षेनि हिउँदमा सडक बनाउने र बर्खामा बाढीले बगाउने गरेको थियो । प्राविधिक हिसाबले माटेपानीको भीरमा सडक निर्माण सम्भव नदेखिएपछि कालीपुलदेखि बगरफाँट जोड्ने पक्की मोटरेबल पुल र बेलिब्रिज जडानका लागि पहल गरिएको जलजला गाउँपालिका–३ का वडाध्यक्ष रवि भण्डारीले बताए । ‘बगरफाँटको यातायात समस्या लिएर म आफै प्रधानमन्त्री कार्यालय र राष्ट्रियसभा अध्यक्षकहाँ पुगेर आएको छ,’ उनले भने ‘प्रधानमन्त्री कार्यालयको निर्देशनमा सडक डिभिजन कार्यालय बागलुङका इञ्जिनियरहरूको टोलीले शुक्रवार बेलिब्रिज निर्माण स्थलको सम्भाव्यता अध्ययन गरेको छ ।’ तीन सयभन्दा बढी घरधुरीको बसोबास रहेको जलजला गाउँपालिकाका २ र ३ नम्बर वडामा पर्ने बगरफाँटका बासिन्दा म्याग्दी आवत जावत गर्ने कालीपुल जोड्ने झोलुंगे पुल पनि जीर्ण बनेको छ । मानिस झोलुंगे पुलबाट आवत जावत गरे पनि निर्माण सामग्री र दैनिक उपभोग्य सामान ढुवानी गर्न समस्या भएको बगरफाँटका बासिन्दा राम रकालले बताए । ‘बेनीबाट बगरफाँट सामान ढुवानी गर्न मल्लाज–बाँसखर्क हुँदै आठ किलोमिटर घुमाउरो सडक प्रयोग गर्दा महँगो भाडा तिर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘निर्माणाधीन निजी घर र सामुदायिक विकास आयोजनाको लागत बढेको छ । यसैबीच, सडक डिभिजन कार्यालय बागलुङका प्रमुख बलिराज मल्ल, इञ्जिनियर विजय शर्मा लगायतको टोलीले बेलिब्रिज राख्ने सम्भावित ठाउँको निरीक्षण गरेको छ । निर्माणस्थलमा जग्गा विवाद नभएको प्रतिबद्धता र प्राविधिक रूपमा उपयुक्त भएमा बजेट व्यवस्थापन गरेर बेलिब्रिज जडानको प्रक्रिया अघि बढाउने डिभिजन मल्लले जानकारी दिए।

सम्बन्धित सामग्री

सलीसल्लामा बेलिब्रिज निर्माण अन्तिम चरणमा

सिमकोट – कर्णाली करिडोरअन्तर्गत सर्केगार्ड गाउँपालिका र चंखेली गाउँपालिकाको सिमाना सलीसल्लामा निर्माणाधीन बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ। कर्णाली नदीको दुबै किनारमा पुलका लागि पिलर निर्माण अन्तिम चरणमा पुगेको र अब स्टिलपार्ट जडान कार्य असोज तेस्रो हप्ताभित्र सक्नेगरी काम भइरहेको हो। बेलिब्रिज निर्माण कम्पनी कङ्ग्री निर्माण सेवाका प्रतिनिधि सोनामबहादुर लामाले असोज तेस्रो हप्ताभित्र सलीसल्लामा पुल […]

पाँचथरको हेंवाखोलामा बेलिब्रिज निर्माण पूरा

गत असार २ गते राति आएको बाढीले बगाएको मेची राजमार्ग अन्तर्गत ताप्लेजुङ–पाँचथर अन्त्रगतको हेंवाखोलामा निर्माणाधीन बेलिब्रिज निर्माण पछि आइतबार अपराह्न परीक्षण गरिएको छ।...

‘बेलिब्रिज’ निर्माण अलपत्र

डोल्पा, २१ असार । भेरी करिडोर सडक आयोजनाअन्तर्गत डोल्पा ठूलीभेरी नगरपालिकामा पर्ने रुपगार खोलाको ‘बेलिब्रिज’ एक वर्षदेखि अलपत्र बनेको छ । पुल निर्माणको जिम्मा पाएको इको इन्फ्रा विल्डर्सका प्रोप्राइटर तेञ्जिन लामा र रेट्रो टेकका प्रोप्राइटर बादल बुढाबीच लेनदेनको कुरा नमिल्दा पुल निर्माण अलपत्र परेको हो । पुल निर्माण नहुँदा बर्खाको उर्लँदो भेलमा काठको पुलबाट जोखिमपूर्ण […]

बेलिब्रिज निर्माण पन्ध्र दिनमा

मेची राजमार्गअन्तर्गत बाढीले बगाएको हेवा खोला पुलको विकल्पमा निर्माण भइरहेको बेलिब्रिज निर्माण १५ दिनमा सम्पन्न हुने भएको छ । अहिले भइरहेको कामका आधारमा यो अवधिमा सकिने देखिएको सडक विभागले जनाएको छ । यही असार ३ गते आएको बाढीका कारण कोशी प्रदेशका तीन वटा पुलमा क्षति पुगेको विभागका उपमहानिर्देशक रामहरि पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार …

मेलम्चीमा ‘बेलिब्रिज’ जडान हुने

सिन्धुपाल्चोक, २४ जेठ । सिन्धुपाल्चोकको तीन पालिका जोड्ने मेलम्ची नदीमा ‘बेलिब्रिज’ निर्माण हुने  भएपछि स्थानीयवासी हर्षित भएका छन् । निर्वाचनका समयमा जेठ मसान्तभित्र बेलिब्रिज निर्माण गर्ने प्रतिबद्धता गरे पनि केही समय ढिलो गरेर बेलिब्रिज जडान हुन लागेको बागमती प्रदेश सभासदस्य कृष्णकुमार तामाङ (समीर)ले जानकारी दिए । उनले भने, “अब बेलिब्रिज निर्माण प्रक्रिया तत्काल अगाडि बढ्छ […]

मेलम्चीमा बेलिब्रिज निर्माण गर्न सर्भे

मेलम्चीमा बेलिब्रिज निर्माण गर्न सर्भे गरिएको छ । सडक डिभिजन कार्यालय चरिकोटबाट आएको टोलीले पुलको सर्भे गरेको हो । मेलम्ची तथा इन्द्रावती जोड्नका लागि ६५ मिटर लम्बाइ र पाँच दशमलव ६० मिटर चौडाइ पुलको आज सर्भे गरिएको डिभिजन प्रमुख अर्जुन सुवालले जानकारी दिए। त्यस्तै फट्टेमा ८७ मिटर लम्बाइ र सात मिटर चौडाइ पुलको पनि सर्भे गरिएको छ । विसं २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा आमनागरिक समक्ष गरेको वाचा पूरा गर्नका लागि काम सुरु गरिएको बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ समिरले

मेलम्चीमा बेलिब्रिज निर्माण गर्न सर्भे

सिन्धुपाल्चोक – मेलम्चीमा बेलिब्रिज निर्माण गर्न सर्भे गरिएको छ। सडक डिभिजन कार्यालय चरिकोटबाट आएको टोलीले पुलको सर्भे गरेको हो। मेलम्ची तथा इन्द्रावती जोड्नका लागि ६५ मिटर लम्बाइ र पाँच दशमलव ६० मिटर चौडाइ पुलको आज सर्भे गरिएको डिभिजन प्रमुख अर्जुन सुवालले जानकारी दिए। त्यस्तै फट्टेमा ८७ मिटर लम्बाइ र सात मिटर चौडाइ पुलको पनि सर्भे […]

बेलिब्रिज निर्माण गर्ने ऐसेलुखर्क गाउँपालिकाको निर्णय

काठमाडौँ– नयाँ जनप्रतिनिधि निर्वाचित भएलगत्तै खोटाङको ऐसेलुखर्क गाउँपालिकाले अन्तरपालिका र अन्तर जिल्ला जोड्ने बेलिब्रिज निर्माण गर्ने निर्णय गरेको छ । नव निर्वाचित जनप्रतिनिधिको पदभार तथा गोपनीयताको सपथ ग्रहण लगत्तै शुक्रबार बसेको बैठकले ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरी र सोलुखुम्बुको नेचासल्यान गाउँपालिका जोड्ने दुधकोसी तथा ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलको बारियोसिस्ने र केपिलासगढी गाउँपालिका जोड्ने रावाखोलामा बेलिब्रिज राख्ने निर्णय गरेको हो […]

सात वर्षसम्म पुल नबनेपछि त्रिसुलीमा बेलिब्रिज निर्माण हुँदै

पप्पु कन्स्ट्रक्सनले जिम्मा लिएको साढे सात वर्षसम्म त्रिसुली नदीमा मोटरेबल पुल नबनाएपछि अहिले बेलिब्रिज निर्माण सुरु भएको छ। चितवनको इच्छाकामना गाउँपालिका चुमखोला र गोरखाको गण्डकी गाउँपालिका बुटार जोड्ने गरी अहिले ब्लु इनर्जी कम्पनीले सडक विभागको समन्वयमा...

हेलम्बुकाे चनौटेमा बेलिब्रिज निर्माण सुरु

बाढीले क्षति पुर्‍याएकाे हेलम्बु गाँउपालिका चनौटेमा बेलिब्रिज निर्माण प्रक्रिया सुरु भएको छ ।