ढुवानी व्यवसायीलाई भ्याटमा दर्ता हुन ताकेता

काठमाडौं । ढुवानी सेवा गर्ने करदातालाई अनिवार्य रूपमा भ्याटमा दर्ता हुन आन्तरिक राजस्व विभागले ताकेका गरेको छ । आर्थिक ऐन २०८० अनुसार ढुवानी साधनको भाडा तथा ढुवानी सेवामा मूल्य अभिवृद्धि कर लाग्ने कानूनी व्यवस्था छ । ढुवानी सेवाप्रदायकले ढुवानी सेवा प्रदान गर्दा वस्तु तथा सेवाको बिजक अनिवार्य साथमा राख्नुपर्छ । सोहीकारण मूल्य अभिवृद्धि करको सीमा नाघेका व्यक्तिले समयमै मूल्य अभिवृद्धि करमा दर्ता भएर कानूनअनुसार कारोबार सञ्चालन गर्न आन्तरिक राजस्व विभागले ताकेता गरेको छ । यस वर्षको बजेटले आफ्नो सवारीसाधन ढुवानीको कार्यमा लगाएमा उक्त सेवामा भ्याट लाग्ने प्रावधान गरेको हो । ढुवानी साधनको साथमा वस्तु तथा सेवाको बीजक नरहेको गुनासो आइरहेको भन्दै विभागले यस्तो ध्यानाकर्षण गराएको विभागका निर्देशक राजुप्रसाद प्याकुेलले जानकारी गराए । आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयबाट खटिने टोलीले कानूनको परिपालना भएको पाइएमा कानूनअनुसार कारवाही हुने समेत विभागले जानकारी दिएको छ । ढुवानी व्यवसायीहरूले भने विरोध गरिरहेका छन् । दुवानी व्यवसायी समिति रूपन्देहीका कार्यवाहक अध्यक्ष माधवप्रसाद आचार्यले सरकारले अघिल्लोपटक अव्यावहारिक भएको भनेर तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खारेज गरेको प्रावधान पुन: ल्याएर ढुवानी व्यवसाय धारायशी बनाउन लागेको बताएका छन् । उनका अनुसार ढुवानी व्यवसायीहरूको असहमतिका हुँदाहुँदै पनि पुन: वर्तमान सरकारले भ्याट लगाउँदा व्यवसाय नै संकटमा पर्ने र पलायन हुने अवस्था आउनसक्छ । ढुवानी व्यवसाय भनेको उद्योगी, व्यापारी, फर्म र ट्रकलगायत मालवाहक सवारीसाधनहरूबीच मध्यस्थकर्ता मात्र हो । एउटै ढुवानीका साधनमा सबै प्रकारका सामान लोड गरेर हिँड्नुपर्ने र ती कतिपय सामानमा भ्याट नलाग्ने हुँदा आफूहरूले सामान ढुवानी गर्दा भाडामा भ्याट लगाउन नसकिने उनको दाबी छ । ‘सरकारले ढुवानी सेवामा हचुवाको भरमा भ्याट लगाउँदा आम उपभोक्तालाई थप करको भार पर्छ र कतिपय अवस्थामा ठेला, बैलगाडा, रिक्सा, घोडा, खच्चड, भरिया, बस, हेलिकोप्टर आदि माध्यमबाट समेत ढुवानी गर्नुपर्ने बाध्यता रहेको हुँदा त्यो अवस्थामा सरकारको निर्णय कसरी कार्यान्वयन हुने हो ? त्यसमा सरकारले स्पष्ट पार्न सकेको छैन,’ उनले भने । 

सम्बन्धित सामग्री

कोरोनाको दाबी भुक्तानी गर्न ताकेता

नेपाल बिमक संघले कोरोना बिमाका बीमितहरूलाई दाबी भुक्तानी लिन ताकेता गरेको छ । निर्जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूको छाता संगठन बिमक संघले दाबी भुक्तानीका लागि प्रक्रियामा नआएका बीमितहरूलाई आवश्यक कागजात बुझाउन ताकेता गरेको हो । संघले कोरोना बिमाको दाबी गराएका तर हालसम्म पनि आवश्यक कागजातहरू नबुझाउने सबै निर्जीवन बिमा कम्पनीका बीमितलाई कागजात […]

सात दिनभित्र कर बुझाउन क्यासिनोलाई महानगरको ताकेता

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले सात दिनभित्र कर बुझाउन सात वटा क्यासिनोलाई ताकेता दिएको छ। पटक–पटक कर बुझाउन ताकेता गरिए पनि होटल म्यारियटमा रहेको डेल्टिन क्यासिनो, अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेस, र्‍याडिसन होटलको क्यासिनो ¥याड, हायात होटलको प्राइड इन्टरटेनमेन्ट एन्ड रिक्रिएसन, होटल सोल्टीमा रहेको माजोङ इन्टरटेनमेन्ट, होटल एलफ्टमा रहेको बाल्को क्यासिनो र मल्ल होटलमा रहेको बेली […]

आयकर बुझाउन राजश्व  विभागको ताकेता

काठमाडौँ– आन्तरिक राजश्व विभागले आयकरको तेस्रो किस्ताबापतको कर तथा विवरण बुझाउन ताकेता गरेको छ । विभागले आज एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०७८/७९ को आयकरको अनुमानित कर र सोको विवरणको तेस्रो किस्ता वा शतप्रतिशत रकममध्ये तिर्न बाँकी कर असार मसान्तभित्र बुझाउन ताकेता गरेको हो ।  विभागले आयकर ऐन, २०५८ को दफा ९४ को […]

म्याग्दीका सबै वडाभित्रका सार्वजनिक जग्गा फिर्ता गर्न ताकेता

म्याग्दी । म्याग्दीमा वर्षौदेखि अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्न ताकेता गर्न थालिएको छ । बेनी नगरपालिका भित्रका प्रायः सबै वडाहरुमा सार्वजनिक जग्गा अतिक्रमण गरी व्यक्तिगत बनाउनेको संख्या उल्लेख्य रहेपनि अहिले बेनी नगरपालिका– ८ स्थित कालीपुलबाट अतिक्रमित सरकारी जग्गा पहिचान गरी फिर्ता गर्न सार्वजनिक जग्गा अतिक्रमण गरेका व्यक्तिलाई ताकेता गरिएको हो । नगरपालिका भित्रका सबै वडाहरुमा […]

अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्न ताकेता

म्याग्दी : म्याग्दीमा वर्षौदेखि सार्वजनिक जग्गा अतिक्रमण गरी निजी बनाउने क्रम बढ्दै गएको गुनासो व्यापक बनेपछि बल्ल अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्न ताकेता गर्न थालिएको छ।बेनी नगरपालिका भित्रका प्रायः सबै वडाहरुमा सार्वजनिक जग्गा अतिक्रमण गरी व्यक्तिगत बनाउनेको संख्या उल्लेख्य रहे पनि अहिले बेनी नगरपालिका ८ स्थित कालीपुलबाट अतिक्रमित सरकारी जग्गा पहिचान गरी फिर्ता गर्न सार्वजनिक जग्गा अतिक्रमण गरेका व्यक्तिहरुलाई ताकेता गरिएको हो।नगरपालिका भित्रका सवै (१० वटै) वडाहरुमा यसै गरी अतिक्रमित सार्

अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्न ताकेता

म्याग्दी सदरमुकाम बेनीमा अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्न ताकेता गर्न थालिएको छ । बेनी नगरपालिका–८ स्थित पुरानो कालीपुल बजारका केही व्यक्तिले अतिक्रमण गरेर भोगचलन गर्दै आएको सार्वजनिक जग्गा फिर्ता गराउन ताकेता गरिएको हो ।     कालीगण्डकी नदी किनारमा नगरपालिकाले उद्यान निर्माण गर्न लागेको जग्गा नै अतिक्रमण भएको पाइएपछि शुक्रबार वडा कार्यालयले नापी कार्यालयका प्राविधिक टोली खटाएर त्यहाँका सार्वजनिक जग्गाको अनुगमन गरेको थियो ।     उक्त जग्गा नापी का

मन्त्रीको नाम देऊ भन्दै प्रधामन्त्रीको ताकेता

सरकार गठनको दुई महिना पुग्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका नेताहरुसँग मन्त्रीको नाम दिन ताकेता गरेका छन्।...

सामाजिक सुरक्षा कोषमा असार मसान्तभित्रै सूचीकरण हुन ताकेता

सरकारले सामाजिक सुरक्षा कोषमा सहभागी नभएका रोजगारदातार प्रतिष्ठानहरूलाई सहभागी गराउन ताकेता गर्न थालेको छ । महामारीकै बीचमा समयसीमा तोक्दै असार मसान्तभित्र सूचीकरण हुन सम्पूर्ण निजी तथा

सामाजिक सुरक्षा कोषमा असार मसान्तभित्रै सूचीकरण हुन ताकेता

सरकारले सामाजिक सुरक्षा कोषमा सहभागी नभएका रोजगारदातारप्रतिष्ठानहरूलाई सहभागी गराउन ताकेता गर्न थालेको छ । महामारीकै बीचमा समयसीमा तोक्दै असार मसान्तभित्र सूचीकरण हुन सम्पूर्ण निजी तथा संगठित संस्थाहरूलाई कोषले ताकेता गरेको हो । कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएपश्चात् तोकिएको समयभित्र सूचीकरण भइसक्नुपर्ने कानूनी व्यवस्थालाई कतिपयले अटेर गरिरहेकाले ताकेता गर्नुपरेको बताउँछन् ।समय किटानै गरेर सूचीकरणका लागि सामाजिक सुरक्षा कोषले ताकेता

तोकिएकै समयमा आयकर बुझाउन सरकारको ताकेता

२८ पुस, काठमाडौं । सरकारले तोकिएकै समयमा आयकर बुझाउन करदातालाई ताकेता गरेको छ । कोरोना महामारीमा बीच व्यापार प्रभावित भएको भन्दै व्यवसायिक संघसंगठनले आयकर बुझाउने समय थप गर्न माग गरिरहेका थिए । तर, सरकारले भने आयकरको किस्ता बुझाउने समय पुस मसान्तसम्म अनिवार्य बुझाउन ताकेता गरेको हो । आयकर ऐन अनुसार आर्थिक वर्ष २०७७/७८ को आयकरको […]