सरकारले पेट्रोलियम पदार्थको मूल्य यो वर्षको ७ महिनाभित्रै १० पटक बढाएपछि नेपाल ट्रक यातायात व्यवसायी महासंघले सामान ढुवानी नै गर्न नसक्ने स्थिति आएको जनाएको छ । सरकारले यो वर्ष मात्रै इन्धनको भाडा वैशाख ४ गतेदेखि कात्तिक २५ गतेसम्म १० पटक बढाइसकेको छ ।वैशाख ४ गते १२१ रुपैयाँ रहेको पेट्रोलको मूल्य कात्तिक २५ गते १०औँ पटक बढ्दा १३६ रुपैयाँ पुगेको छ । यस्तै, वैशाखमा १०४ रुपैयाँ रहेको डिजेल र मट्टितेलको मूल्य ११९ रुपैयाँ पुगेको छ । यसरी भाउ बढाइँदा यातायात व्यवसायमा असर परेको ट्रक व्यवसायीले दाबी गर